आज बाट प्रिमियर लिगमा १० खेल - E-BreakingNews

आज बाट प्रिमियर लिगमा १० खेल

Share This
आज बाट प्रिमियर लिगमा १० खेल

प्रिमियर लिग फुटबलमा ११ गते राति १० खेल हुदैछ । यस सिजनको अन्तिम चरणको खेल ११ गते राति हुन लागेको हो । च्याम्पियन्स लिगको दौडमा रहेका म्यान्चेष्टर युनाईटेड, लेस्टर सिटी र चेल्सीमा सबैको नजर छ । 

लेस्टरले युनाईटेड र चेल्सीले छैटौं स्थानको उल्भ्सलाई घरेलु मैदानमा आतिथ्यता प्रदान गर्दैछन् । तीन वटै क्लबलाई जित निकाल्दै च्याम्पियन्स लिगमा स्थान सुरक्षित गर्ने अवसर पाएका छन् । यदि बराबरी तथा हारको नतिजा भएको खण्डमा भने अर्का खेलको नतिजामा भर पर्नुपर्नेछ । 

रेलिगेशनबाट बच्न संघर्षरत वाटफोर्ड, वर्नेमाउथ र एस्टनभिल्लालाई समेत अन्तिम खेलको नतिजा महत्वपूर्ण छ । एस्टन भिल्लाले वेस्ट ह्यामलाई धेरै गोल अन्तरले पराजित गरेको खण्डमा वाटफोर्ड र वर्नेमाउथ यस सिजन रेलिगेशनमा पर्नेछन् । 

तर एस्टन भिल्लाको हार र बराबरीको नतिजाले वाटफोर्ड र वर्नेमाउथको शीर्ष डिभिजनमा रहने सम्भावनाको निक्योल हुनेछ । अन्य खेलमा वर्नेली र ब्राईटोन, क्रिस्टल प्यालेस र टोटेनहम, म्यान्चेष्टर सिटी र नर्विच सिटी भिड्नेछन् । रासस

No comments:

Post a Comment