अमेरिका लैजाने भन्दै ठगी गर्ने पक्राउ - E-BreakingNews

अमेरिका लैजाने भन्दै ठगी गर्ने पक्राउ

Share This
अमेरिका लैजाने भन्दै ठगी गर्ने पक्राउ

अमेरिका लगिदिने भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छन् । पक्राउ पर्नेहरुमा २ जना केटी, भक्तपुर रोजभिलेज बस्ने बाग्लुङ काठेगाँउपालिका-२ का २७ वर्षीया कोपिला शर्मा तेसै गरी अर्की १९ वर्षीया अमिसा केसी रहेका छन् । 

घटनाको अनुसन्धान गर्न उक्त महाशाखाबाट खटिएको प्रहरीले विभिन्न व्यक्तिहरुलाई सोसिअल मिडिया, टिकटक मार्फत फलो गर्ने र सोसिअल मिडिया मार्फत आफू अमेरिकाको डिभी परी अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएको भन्ने, बिहे गरे पश्चात् अमेरिका लैजाने भन्ने आशा देखाई ६ लाख ६० हजार रुपैयाँ ठगी गरेको खुलेपश्चात रुपन्देही बुटवलमा लुकेर बस्दै आएको अवस्थामा फेला पारी पक्राउ गरेको हो। 

उनीहरुले पटक पटक बहाना गरी ५ लाख रुपैयाँ ठगी गरेको तथा कोपिलाले भक्तपुरको एक पीडितको छोरीसँग साइनो गाँसी अमेरिका लैजान्छु भन्ने झुठा आश्वासन दिलाई १ लाख ६० हजार रुपैयाँ ठगी गरेको उक्त महाशाखाले जनाएको छ । उनीहरुलाई ठगी मुद्दामा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको उक्त महाशाखाले जनाएको छ । रासस

No comments:

Post a Comment