आज साताको अन्तिम दिन बल्ल बल्ल हरियाली भएर बजार बन्द भएको छ - E-BreakingNews

आज साताको अन्तिम दिन बल्ल बल्ल हरियाली भएर बजार बन्द भएको छ

Share This
आज साताको अन्तिम दिन बल्ल बल्ल हरियाली भएर बजार बन्द भएको छ

अहिले लगातार केही दिनबाट ओरालो लागेको शेयर बजार साताको अन्तिम दिन आज (बिहिबार) बल्ल हरियो भएको छ । नेप्सेका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक ७.५३ अंकले बढेर एक हजार ४३९.०६ मा पुगेको छ । नेप्से ०.५३ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ०.४६ अंकले बढेर ३००.९५ मा पुगेको छ ।

कूल १८९ वटा कम्पनीको ३४ लाख ३० हजार ५ सय ३२ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ३२ करोड २ लाख ६६ हजार ६ सय ७८ रुपैयाँको कारोबार भएको छ ।

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज सबै उपसमूहको शेयर बढेकोछ ।

बिहीबार बैंकिङ ५.०३ अंक, व्यापार ३.७ अंक, होटल १३.८८ अंक, विकास बैंक ०.९२ अंक, जलविद्युत ७.४२ अंक, फाइनान्स ५.९५ अंक, निर्जिवन लाइफ ५०.४६, उत्पादन २७.१८ अंक, अन्य ४.७ अंक, माइक्रोफाइनान्स १५.०२ अंक, लाइफ इन्स्योरेन्स ५५.४९ अंक र सामूहिक लगानी कोष समूह ०.०७ अंकले बढेकाको छ ।

सेयर बजारले विस्तारै आफ्नो उकालो यात्रा तय गर्ने देखिएको छ । कोरोना त्रासका बीचमा पनि बजारले राम्रै प्रदर्शन गरिरहेको छ । यसबाट सर्वसाधारण लगानीकर्ताले धेरै थोरै भए पनि राहत पुगेको छ । म्युचुअल फन्ड तथा अन्य संस्थागत लगानीकर्ताले पनि निश्चित प्रतिशत नाफा भएपछि सेयर बेच्ने गरेकाले पनि केही दिन तुलनात्मक रुपमा बढी आपूर्ति आउनु स्वभाविक हो । अब भने बजारको यात्रा सकारात्मक नै देखिन्छ ।

बैंकिङ प्रणालीमा सहज तरलता र घट्दो ब्याजदरले गर्दानै नेप्से माथि जान सक्ने बलियो कारण हो । कोरोनाका कारण अर्थतन्त्रमा केही क्षति पुगेकाले मात्र कतिपयले आशंका व्यक्त गरेका हुन् । दैनिक अर्बभन्दा माथिको कारोबारले सकारात्मक संकेत देखिरहेको छ ।

नेप्से सूचक बिहीबार ७.५३ अंकले बढेर १४३९.०६ विन्दुमा आइपुगेको छ । १८९ कम्पनीको १ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ३४ लाख ३० हजार ५३२ कित्ता सेयर खरिदबिक्री भएको छ । खरिदबिक्री भएका सबै उपसमूहको सूचक बढेको छ । सबैभन्दा धेरै जीवन बिमा समूह ५५.४९ अंकले बढेको छ । वाणिज्य बैंक समूहको सूचक ५.०३ अंकले माथि लागेको छ । रासस

No comments:

Post a Comment