नागरिक लगानी कोषको शेयर लिलामीमा - E-BreakingNews

नागरिक लगानी कोषको शेयर लिलामीमा

Share This

नागरिक लगानी कोषको शेयर लिलामीमा

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयर आज देखि बिक्रिमा आएको छ । 

उक्त शेयर खरीद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले प्रतिकित्ता रू. १ हजार ८०० मा नघट्ने गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र आवेदन फारम विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड हात्तिसार, काठमाडौं र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको केन्द्रीय कार्यालय पुतलीसडक, काठमाडौंमा पाउन गर्न र पेस गर्न सकिनेछ । 

शेयर खरीदका लागि न्यूनतम १०० कित्ता वा सोभन्दा माथि १० ले भाग जाने गरि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । यो संस्थापक शेयर साउन १९ गतेसम्म लिलामीमा विक्री खुला भएको हो । 

आवेदन फारम नेपाल एसबिआई बैंक लिमिटेडको सबै शाखा कार्यालयहरुबाट आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था गरिएको छ । 

आज शेयर कारोबार भएको २ घण्टामा रू. ८३ करोड ६३ लाख बराबरको शेयर खरीदविक्री भएको छ । सो अवधिमा नेप्से परिसुचक ५ दशमलव ८३ अंकले वृद्धि भएर १ हजार ४७० दशमलव ९३ विन्दुमा पुगेको हो । 

सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको रू. ८ करोड ६५ लाख बराबरको शेयर कारोबार भएको हो । 

यस अवधिमा सबैभन्दा बढी कर्पोरेट डेभलपमेण्ट बैंकका शेयरधनीले गुमाएका छन् । बैंकको शेयर मूल्य ९ दशमलव ५२ प्रतिशत घटेको छ । जोशी हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको हो । रासस

No comments:

Post a Comment