एम्बाप्पेलाई गम्भिर चोटपटक - E-BreakingNews

एम्बाप्पेलाई गम्भिर चोटपटक

Share This
एम्बाप्पेलाई गम्भिर चोटपटक

पेरिस सेन्ट जर्मेन (PSG) स्टार केलियन यम्बाप्पेको दायाँ खुट्टामा गम्भिर चोट लागेको छ। फ्रेन्च कपको फाईनलमा सेन्ट एटिनेबिरुद्ध जित निकाल्ने क्रममा शुक्रबार उनको खुट्टा मा गम्भीर चोट लागेको हो । 

घाईते बनेका एम्बाप्पे रुदै मैदान छाडेका थिए । यम्बाप्पेलाई प्रथम हाफमा सेन्ट एटिनेका डिफेन्डर लोईक पेरिनले खराब ट्याकल गरेका थिए । पीएसजीले यम्बाप्पेको चोटलाई दुई दिन सम्म निगरानीमा राख्ने बताएको छ । 

पीएसजीले जुलाई ३१ म फ्रेन्च लिग कपको फाइनल र सिरि ए क्लब एटलान्टासंग अगष्ट १२ मा च्याम्पियन्स लिगको क्वार्टरफाईनल खेल्नेछन् । 

च्याम्पियन्स लिगको सेमिफाईनलमा अगष्ट १८ देखि १९ र फाईनल खेल अगष्ट २३ मा हुने बताइएको छ । फरवार्डले यस सिजन ३३ खेलमा २९ गोलगरेका छन् । अप्रिलपछि पीएसजीले पहिलो औपचारिक खेल खेलेको थियो । पीएसजीले उपाधि समेत उचाल्न सफल रह्यो । रासस 

No comments:

Post a Comment