एनएलजी इन्स्योरेन्सको शेयर १ लाख ६१ हजार ७८ कित्ता हकप्रद शेयर लिलाम - E-BreakingNews

एनएलजी इन्स्योरेन्सको शेयर १ लाख ६१ हजार ७८ कित्ता हकप्रद शेयर लिलाम

Share This
एनएलजी इन्स्योरेन्सको शेयर १ लाख ६१ हजार ७८ कित्ता हकप्रद शेयर लिलाम

एनएलजी इन्सुरेन्सको साउन २२ गतेबाट अवितरित हकप्रद शेयर लिलामीद्वारा बिक्री ल्याउने  भएको छ । १ लाख ६१ हजार ७८ कित्ता सेयर लिलामी बिक्री खुला हुने भएको छ । जसमा संस्थापक समूहको ८१ हजार २२४.७५ कित्ता र सर्वसाधारण समूहको ७९ हजार ८५३.२५ कित्ता सेयर रहेको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल लिमिटेडले गरेको छ ।

यसअघि एनएलजीले असार ९ गतेबाट २५ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यको ३८ लाख ४२ हजार ४३७.५० कित्ता सेयर बिक्री खुला गरेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर यतिबेला लिलामीमा ल्याएको हो ।

उक्त हकप्रद शेयर खरीद गर्न इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरूले श्रावण २२ गते बिहीबारदेखि साउन २९ गते बिहीबारसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी रकम अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ ।

यो पनि, लक्ष्मी उन्नति कोषको म्युचुअल फन्डमा आवेदन दिने समय अब साउन २५ गतेसम्म लम्बिएको छ । पहिलो चरणको तोकिएको समय अवधिमा सम्पुर्ण नबिकेपस्चात उक्त  कम्पनीले समय थपेएको हो ।

उक्त फन्डले साउन ११ गतेबाट ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई म्युचुअल फन्ड बिक्री खुला गरेको हो । साथै अब संस्थारुले पनि आवेदन दिन सक्नेछन् ।

जसमा १५% (१ करोड २० लाख) इकाई कोष प्रवद्र्धक लक्ष्मी बैंकलाई सुरक्षित गरी बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरिएको हो । यसमा न्यूनतम १०० देखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । प्रतिइकाई १० रुपैयाँका दरले आवेदन दिन पाइनेछ । रासस






No comments:

Post a Comment