एनआरएन इन्फ्रास्टक्चरको आइपिओ भर्ने कि नभर्ने ? - E-BreakingNews

एनआरएन इन्फ्रास्टक्चरको आइपिओ भर्ने कि नभर्ने ?

Share This
एनआरएन इन्फ्रास्टक्चरको आइपिओ भर्ने कि नभर्ने ?

२०७७ साउन १६ गतेदेखि साधारण शेयर (IPO) निश्कासन गर्ने एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको लगानी हाइड्रोपावरमा लागनी हुनेछ । कम्पनीले अहिले हिमालयन पावर, सानिमा मिडिल तमोर हाइड्रोपावर, स्वेतगंगा हाइड्रोपावर र माथिल्लो मैलुङ खोला जलविद्युत मा लगानी गरेको छ ।

हाल सम्म कम्पनीले हिमालयन पावर ३८ करोड ३ लाख ५३ हजार ९ सय रुपैयाँ, सानिमा मिडिल तमोरमा ६ करोड ४० लाख रुपैयाँ, स्वेतगंगा हाइड्रोपावरमा १० करोड रुपैयाँ र माथिल्लो मैलुङ खोलामा २ करोड २५ लाख रुपौयँ प्रतिश शेयर १ सय रुपैयाको दरले लगानी गरेको देखिन्छ ।

आइपिओबाट आएको रकमलाई पनि हाइड्रोपावरमा लगानी गर्ने योजनामा कम्पनी रहेको छ । निश्कासनपछिको रकमलाई कालिगण्डकी हाइड्रोपावर, ठूला खोला हाइड्रोपवार र जुम खोला हाइड्रोपावर परियोजनामा लगानी गर्ने योजना छ । 

पछिल्ला समयमा हाइड्रोपावरमा लगानी गर्ने लगानीकर्ता अहिले चुर्लुम्मै डुबेका छन् । अहिले दोस्रो बजारमा हाइड्रोपावर कम्पनीको शेयर मूल्य ५० रुपैयाँ भन्दा पनि तल छ । हाइड्रोपावरको शेयर मूल्य आइपिओ भन्दा ५० प्रतिशत तल झरेपछि लगानीकर्ता हाइड्रोपावरमा यतिखेर लगानी गर्न चाहदैनन् । 

यस्तो बेलामा १६ गतेदेखि निश्कासन गर्ने आइपिओ लगानीकर्ताको रोजाइमा पर्छ कि पर्दैन त्यो त IPO खुले पछि थाहा हुन्छ। लगानीकर्ताले छिटोमा साउन २१ गतेसम्म र ढिलोमा भदौ ३ गते आवेदन दिने अन्तिम मिति रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ३१ लाख ४० हजार १८० कित्ता आवेदन दिन पाउनेछन् ।

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड कम्पनीको मुख्य उद्देश्य भनेको विभिन्न जलविद्युत परियोजना (हाइड्रोपावर), पर्यटन, सुरुङ मार्ग, रेलमार्ग, होटल व्यवस्या, बीमा, सञ्चारमा क्षेत्रमा लगानी गर्नु रहेको छ ।

उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न तथा बिक्री प्रबन्धकको काम सानीमा क्यापिटलले गरेको छ । त्यसैगरी, कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

बिहान उठेर कागती पानी पिउने गर्नाले शरीरको बिकार पदार्थ निकाल्नुका साथै स्फूर्ती शरीरमा पानीको कमी हुन दिँदैन । यसले खाना पचाउने काम समेत गर्छ । यसका साथ साथै विभिन्न फाइदा गर्ने गर्दछ ।
  • कागती भिटामिन सी तत्वको भण्डार हो । जसमा एन्टी अक्सिडेन्टको गुण पनि हुन्छ । जसले त्वचाको दाग धब्बा हटाएर निखार लेराउने काम गर्छ ।
  • कागती पानीले शरीरमा पाचन रसको उत्पादनमा सहयोग गर्छ । पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्दछ । शरीरको विभिन्न जोर्नीमा हुने दुखाईलाई कागती पानीले कम गर्छ ।
  • कागतीमा पाईने भिटामिन सी र पोटाशियमले रोगसँग लड्ने क्षमताको वृद्धि गर्छ । कागती पानीले मुख गन्हाउने समस्या समाधान गर्न मद्दत गर्छ ।
  • बिहान उठेर नियमित कागती पानी पिउने गर्नाले दिनभर शरीरलाई स्फूर्ती राख्न र शरीरमा पानीको कमी हुन दिँदैन ।
  • यदि तपाई शरीरको तौल घटाउने प्रयासमा हुनुहुन्छ भने बिहान उठेर एक गिलास कागती पानी पिउन निकै लाभदायक हुन्छ । रासस

No comments:

Post a Comment