सुनको मूल्यमा अहिलेसम्मकै सर्वाधिक बृद्दी तोलाको झन्डै एक लाख - E-BreakingNews

सुनको मूल्यमा अहिलेसम्मकै सर्वाधिक बृद्दी तोलाको झन्डै एक लाख

Share This

सुनको मूल्यमा अहिलेसम्मकै सर्वाधिक बृद्दी तोलाको झन्डै एक लाख

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य १२०० सयले बढेर नया कृतिमान रचेको छ । 

सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू.९७ हजार ५०० मा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला रू.९७ हजार ६० मा कारोबार भइरहेको छ । सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक बढी हो । 

गत केहिसमय देखि सुनको मूल्यले दैनिकी जसो नया रेकर्ड कायम गर्दै आईरहेको छ । त्यस्तै चाँदीको मूल्य पनि आज तोलामा रू.५५ बढेर प्रतितोला रू.१ हजार २१० मा कारोबार भइरहेको छ । 

काठमाडौं महानगरपालिका–२७ नम्बर वडाको महावौद्धमा ६ जनामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि सोमवार विहानदेखि त्यस क्षेत्रका करीब ६० ओटा पसलहरु बन्द गरिएका छन् । 

वडा नं २७ का वडाध्यक्ष चिनिमान वज्राचार्यका अनुसार उक्त वडामा दुई ओटा घरका ६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । एकै घरका बुवा, आमा, छोरा, छोरी र घरमा कामगर्ने मान्छेसहित ५ जनामा कोरोना पोजेटिभ देखिएको हो । 

अर्का एकजना ४९ वर्षको पुरुष भने पाटन अस्पतालमा भर्ना भएको वडाध्यक्ष वज्राचार्यले बताए । रासस

No comments:

Post a Comment