कोरोनाको कारण एकैदिनमा १० को मृत्यु - E-BreakingNews

कोरोनाको कारण एकैदिनमा १० को मृत्यु

Share This
कोरोनाको कारण एकैदिनमा १० को मृत्यु

कोरोना भाइरसको महामारी सुरु भए यता अस्ट्रेलियामा आइतबार पहिलोपटक एकै दिन सबैभन्दा ठूलो क्षति भएको छ । अस्ट्रेलियाली स्वास्थ्य अधिकारीहरुका अनुसार आइतबार एकै दिन १० जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । अस्ट्रेलियामा हालसम्म कोरोना संक्रमित संख्या करिब १४ हजार छ । 

तर संक्रमितको संख्या अझै बढेको छ । विगत २४ घण्टामा भिक्टोरिया राज्यमा ४५० जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो मृत्यु समेत हालसम्म कोरोना संक्रमणबाट अस्ट्रेलियामा १५५ जनाको मृत्यु भएको छ । भिक्टोरियाका प्रिमियर डेनियल एन्ड्रुले ४० र ८० वर्ष उमेर हाराहारीका १० जनाको मृत्यु भएको जानकारी दिए । तीमध्ये वृद्धवृद्धाको हेरचाह केन्द्रहरुमा फैलिएको संक्रमणका कारण ७ जनाको मृत्यु भएको हो । 

भारतमा कोरोना भाइरस संक्रमित संख्या दिनहुँ वृद्धि भइरहेको छ । त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्रै ४९ हजार ९३१ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । कुल संक्रमित संख्या १४ लाख ३५ हजार ४५३ जनापुगेको छ । अहिलेसम्म ९ लाख १७ हजार ५६८ जना संक्रमणमुक्त भइसकेका छन् ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा ७०८ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ३२ हजार ७७१ जना पुगेको अधिकारीले जनाएका छन् । प्रदेश अनुसार हेर्दा सबैभन्दा धेरै महाराष्ट्र राज्यमा ३ लाख ७५ हजार ७९९ जना संक्रमित भएका छन् । त्यसैगरी, तमिलनाडुमा २ लाख १३ हजार ७२३ जना र दिल्ली राज्यमा १ लाख ३० हजार ६०६ जना संक्रमित फेला परेका छन् । रासस

No comments:

Post a Comment