सुनको भाउ आज (बिहिबार) पनि आकासियो - E-BreakingNews

सुनको भाउ आज (बिहिबार) पनि आकासियो

Share This
 सुनको भाउ आज (बिहिबार) पनि आकासियो


सुनको भाउ दिनदिनै नया रेकर्ड बनाइरहेको छ । आज १५ गते सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढ्दा छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९८ हजार ५६० रुपैयाँ नेपाल सुन चाँदी व्यवसायी महासंघका द्वारा निर्धारण भएको छ । 

यो हालसम्मकै बढी मूल्य हो । यता, चाँदी भाउ भने स्थिर (प्रतितोला १२ सय २५ रुपैयाँ)मा छ ।

यो पनि, अमेरिकामा कोरोना संक्रमण बाट एकै दिन १५ सय ९२ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण गत मंगलबार एकै दिनमा १५ सय ९२ जनाको मृत्यु भएको जोन्स हप्किन्स् विश्वविद्यायले जानकारी दिएको थियो । गत २४ घण्टामा कोरोना भाइरसका कारण भएको यो ठुलो मानवीय क्षति हो ।

 सुनको भाउ

मंगलबार सम्म एकै दिनमा ६० हजार कोरोना भाइरसका नयाँ संक्रमित थपिएका बाल्टिमोर आवद्ध विश्वविद्यालयल जानकारी दिएको छ । अमेरिकामा ४४ लाख ९८ हजार ३४३ जना संक्रमित भएका छन् भने १ लाख ५२ हजार ३२० जनाको मृत्यु भइसककेको छ । रासस

















शेयर बजारमा अस्वाभाविक चलखेलको प्रयास लगानीकर्तालाई डर त्रासको बातावरण सिर्जना




बिश्व महामारी [Covid-19] को त्रास देखाउँदै शेयर बजारमा अस्वाभाविक चलखेल भैरहेको देखिएको छ । उपत्यकामा कोरोनाको कहर बढेसँगै केही बैमान समूहहरुले बजारमा कोरोनाको कारण फेरी लकडाउन हुने हल्ला र बजार बन्द हुने हल्ला फैलाई दोस्रो बजारमा निकै चलखेल भैरहेको पाइएको छ ।









नेप्सेले अब जस्तो सुकै परिस्थिति मा बजार खोल्ने बताएपनि बैमान स्वार्थी समूहले भने सोझा साझा लगानीकर्तामा भय त्रासको बातावरण सिर्जना गर्दै बजारलाई ओरालो तिर लागेको बुझिएको छ ।




केही ब्रोकर कार्यालयहरुमा गएर बुझ्दा नाम नखुलाउने सर्तमा केही ठूला लगानीकर्ताहरु कोरोनाको त्रास देखाउँदै बजार घटाउने र सस्तोमा शेयर किन्ने दाउमा रहेको बताएका छन् ।




नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याएपछि पनि शेयर बजारमा सोचे अनुरुप नबढेको विशेषज्ञहरु बताउँछन् ।




नेपाल राष्ट्र बैंक द्वारा जारि मौद्रिक नीतिको सवैले प्रसंशा गर्दै नीतिले शेयर बजारमा सकारात्मक प्रभाव पर्ने बताइरहँदा पनि बजारले भने सोचअनुरुप गति लिन सकेको छैन । 




यो पनि, २.८४ अंकले उक्लियो नेप्से, साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २ दशमलव ८४ अंकले माथि उक्लिएको छ । कारोबारको एक घण्टामा नेप्से परिसूचक शून्य दशमलव २० प्रतिशत बढेर १ हजार ४३४ दशमलव ३६ विन्दुमा पुगेको हो ।




उक्त अवधिमा ठूला कम्पनीहरुको कारोबार सेन्सेटिभ इन्डेक्स ०.१६% ले बढेर ३००.९६ विन्दुमा पुगेको छ । उक्त अवधिसम्म १६४ ओटा कम्पनीको ५ हजार २२ पटकको व्यापारमा रू. २९ करोड २९ लाख २१ हजार बराबरको शेयर कारोबार भएको छ ।

No comments:

Post a Comment