एनएलजी इन्सुरेन्सको देध लाख भन्दा बढी सेयर लिलामीमा आउदै - E-BreakingNews

एनएलजी इन्सुरेन्सको देध लाख भन्दा बढी सेयर लिलामीमा आउदै

Share This

एनएलजी इन्सुरेन्सको देध लाख भन्दा बढी सेयर लिलामीमा आउदै


एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडले गत फागुन २२ गतेबाट खुल्ला गरेको ६०% हकप्रद शेयर बाँडफाँड गरेको छ । यस कम्पनीले असार ९ देखि असार २५ गतेसम्म ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । 

३६ लाख ८१ हजार ३५९.५० कित्ताका लागि मात्र आवेदन परेको छ । यसआधारमा १ लाख ६१ हजार ७८ कित्ता हकप्रद बिक्री हुन नसकेको देखिन्छ ।

उक्त अवधिमा विक्री हुन नसकेको बाँकी कित्ता हकप्रद भने कम्पनीले लिलामी प्रक्रिबाट विक्री गर्नेछ । हाल यसको चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट ६०% हकप्रद सेयर निष्कासन गरेको हो । 

यो पनि पढ्नुस, नेप्से १४६७.८५ विन्दुमा, १ अर्बभन्दा बढीको शेयर कारोबार सबैभन्दा बढी नेपाल लाइफको शेयर कारोबार आज नेप्से परिसुचक कारोबार भएको ३ घण्टामा १ हजार ४६७ दशमलव ८५ विन्दुमा पुगेको छ । 
उक्त समयमा अब्बल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको रू. ११ करोड ५६ लाख सम्मको शेयर कारोबार भएको छ । 

तेसपछी दोस्रो स्थानमा नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । उक्त अवधिमा १८४ ओटा कम्पनीको २७ लाख ६२ हजार ५२ कित्ता शेयरको रू.१ अर्ब २२ करोड बराबरको शेयर खरीदविक्री भएको छ । 

कारोबारमा आएका १२ ओटा समूहमध्ये ७ समूहको परिसुचक बढेको छ भने ५ समूहको परिसुचक घटेको हो । यस अवधिमा तारागाउँ रिजेन्सी होटलको शेयर मूल्य ९ दशमलव ०६ प्रतिशतले घटेको छ । त्यसैगरी कर्पोरेट डेभलपमेण्ट बैंकको शेयर पनि ७ दशमलव ९४ प्रतिशत घटेको हो । रासस

No comments:

Post a Comment