सुनको भाउ आकसिनेक्रम जारि नै रहेको छ | यसैक्रममा आज (मंगलबार) सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढेर नया रेकर्डनै कायम गएको छ ।
आज छापावाल सुनको भाउ तोलाको ९८ हजार २ सय रुपैयाँ कायम भएको छ । सोहि क्रममा बढ्दै तेजावी सुनको भाउ तोलाको ९७ हजार ७६० रुपैयाँ नेपाल सुन चाँदी व्यवसायी महासंघले निर्धारण गरेको छ। यो अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो ।
सोमबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९७ हजार ६० रुपैयाँ निर्धारण भएको थियो ।
त्यसैगरी चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च अर्थात १२ सय ४५ रुपैयाँ पुगेको छ । सोमबार चाँदी पनि प्रतितोला १२ सय १० रुपैयाँ पुगेको थियो ।
सिद्धार्थ इक्विटी फन्डले असार मसान्तसम्म सूचीकृत कम्पनीको सेयरमा १ अर्ब १२ करोड १८ लाख ७१ रुपैयाँ लगानी गरेको छ । १ महिनामा यसको सूचीकृत कम्पनीको सेयरमा लगानी १४ करोड ६१ लाख १३ हजार रुपैयाँ बढेको हो । जेठ सम्ममा यस फन्डले सूचीकृत कम्पनीको सेयरमा ९७ करोड ५७ लाख ५८ हजार रुपैयाँ लगानी गरेको थियो ।
यसअवधिमा फन्डले ७२ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै लगानी नेपाल दूरसञ्चार कम्पनीको सेयरमा रहेको छ । दूरसञ्चारको ९८ हजार २३४ कित्ता सेयरमा ६ करोड ४३ लाख ४३ हजार रुपैयाँ लगानी रहेको छ । रासस
No comments:
Post a Comment