एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको आइपीओमा बिक्री खुला गरेको पहिलो दिनमा २३ करोड ८१ लाख ३८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार साँझ ४.३० बजेसम्ममा ५० हजार १७३ जनाले २३ लाख ८१ हजार ३८० कित्ताका लागि आवेदन दिएका छन् ।
लगानीकर्ताले यो सेयरमा साउन २१ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस समयभित्र सबै सेयर बिक्री नभएमा भदौ ३ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्ता देखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म आवेदन दिन सकिनेछ ।
एनआरएन इन्फ्रस्टक्चरले शुक्रबार (साउन १६ गते) बाट १०० रुपैयाँ अंकित मूल्यमा ३३ लाख ९८ हजार ४६ कित्ता सेयर निष्कासन गरेको हो । ३१ लाख ६० हजार १८३ कित्तामा भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गरेको छ ।
एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड गैर आवसिय नेपालीहरुको लगानीमा २०१२ सालमा स्थापना भएको संस्था हो । यो हाइड्रो पावर कम्पनी होइन् । पछिल्लो समय बजारमा हाइड्रोप्रति जुन अफवाह फैलिएका छन् त्यसलाई लगानीकर्ताले कम्पनीको आय व्याय, वित्तिय विरण हेरेर मुल्याङकन गर्नुपर्छ ।
यसको उद्देश्य भनेको विदेशमा भएका पैसा र सीपलाई उपयोग गरी नेपलाको विकास गर्नु हो । २०१२ सालमा देशमा चरम लोडसेडिङ हुँदा राज्यको आवश्यकता हाइड्रो भएको र प्रतिफल पनि राम्रो हुने भएकाले त्यतिखेरदेखि यो क्षेत्रमा लगानी गर्नुपर्छ भनेर अगाडि बढेका हो ।
एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड आफैमा युनिक कम्पनी हो । हामी लगानीलाई विविधिकरण गर्ने भएको हुँदा यसको विशेष किसिमको विशेषता छ । यो नेचरको कम्पनी भनेको डिफ्रेन्स बास्केटमा लगानी गर्ने र डिफ्रेन्स हिसावले आम्दानी गर्ने पोर्टफोलियो सवै भन्दा राम्रो हो । आरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड उत्कृष्ट कम्पनी हो । त्यसैले ढुक्क भएर लगानी गर्नुहास्, प्रतिफल हामी दिन्छौँ ।
No comments:
Post a Comment