एनआरएनको आइपिओ भोलिदेखि बिक्रि खुला, जानौ कति दिने आवेदन ? - E-BreakingNews

एनआरएनको आइपिओ भोलिदेखि बिक्रि खुला, जानौ कति दिने आवेदन ?

Share This
एनआरएनको आइपिओ भोलिदेखि बिक्रि खुला, जानौ कति दिने आवेदन ?

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आइ.पि.ओ. भर्न साउन १६ गते अर्थात भोली बाट खुल्ला हुने छ ।

प्रतिशेयर एक १०० अंकितको दरले ३३ लाख ५८ हजार ४६ कित्तामध्ये ५% १ लाख ६५ हजार ५०२ कित्ता शेयर सामूहिक लगानी कोषको लागि, २ प्रतिशत अर्थात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीको लागि र बाँकी रहेको ३१ लाख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणको लागि छुट्टाइएको हो ।

"लगानीकर्तालाई प्रत्येक वर्ष प्रतिफल दिन्छौँ, ढुक्क भएर आइपिओमा लगानी गर्नुहोस्" भनेर एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको संचालक कृष्ण प्रसाद पाण्डेले भन्नु भएको छ ।

पुरै कित्ताका लागि आबेदन परेमा लगानीकर्ताले छिटोमा साउन २१ गतेसम्म र नपरेमा ढिलोमा भदौ ३ गते सम्म आवेदन दिने अन्तिम मिति रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ३१ लाख ४० हजार १८० कित्ता आवेदन दिन पाउनेछन् ।

उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानीमा क्यापिटलले गरेको छ । त्यसैगरी, कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

यसैगरी, लगानीकर्ताले सानिमा क्यापिटल पुतलीसडक, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड चावहिल प्लाजा, र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा प्रणाली सेवा मार्फत सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको जानकारी

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड गैर आवसिय नेपालीहरुको लगानीमा २०१२ सालमा स्थापना भएको संस्था हो । यसको उद्देश्य भनेको विदेशमा भएका दाजु भाइको पैसा र सीपलाई उपयोग गरी नेपलाको विकास गर्नु हो । 

यो हाइड्रो पावर कम्पनी होइन् । लगानीलाई विविधिकरण गर्नुको साथै राष्ट्रिय आवश्यकताको क्षेत्रलाई पहिचान गरी लगानी गर्नेछ । यो इन्भेष्टमेन्ट कम्पनी हो । संयोग भनौ, त्यतिखेर नेपालमा बिजुलीको अभाव भएको हुँदा हामीले हाइड्रोमा लगानी सरुवात मात्र गरेका हौं । अन्य क्षेत्रमा पनि लगानी गर्नेछौँ । 

कम्पनीले आइपिओ निश्कासन गर्नु भनेका लगानीकर्ताको लागि एउटा विश्वास हो । त्यसमा पनि कम्पनीको इन्फ्रास्टक्चर र वित्तिय विवरण विश्लेषण गर्नु एउटा सजक लगानीकर्ताको जिम्मेवारी हो । 

दोस्रो बजारमा हाइड्रोसँगै सवै कम्पनीहरुको शेयर मूल्य घटेका छ । त्यसमा पनि हाइड्रोको शेयर मूल्य कम हो । तर, राम्रो हाइड्रोपावर कम्पनी पनि छन् । पछिल्लो समय बजारमा हाइड्रोप्रति जुन अफवाह फैलिएका छन् त्यसलाई लगानीकर्ताले कम्पनीको आय व्याय, वित्तिय विरण हेरेर मुल्याङकन गर्नुपर्छ । 

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड आफैमा युनिक कम्पनी हो । हामी लगानीलाई विविधिकरण गर्ने भएको हुँदा यसको विशेष किसिमको विशेषता छ । आरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड उत्कृष्ट कम्पनी हो । त्यसैले ढुक्क भएर लगानी गर्नुहास्, प्रतिफल हामी दिन्छौँ ।  रासस

No comments:

Post a Comment