गुल्मीमा पहिरोको कारण एकै परिवारका ४ जनाको मृत्यु भएको छ - E-BreakingNews

गुल्मीमा पहिरोको कारण एकै परिवारका ४ जनाको मृत्यु भएको छ

Share This
गुल्मीमा पहिरोको कारण एकै परिवारका ४ जनाको मृत्यु भएको छ

रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–५ घरमाथि ढुंगा खस्दा ३० वर्षकी बिना बोटेमाझी, उनका छोराहरु ९ वर्षका सागर, ७ वर्षका हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिए ।

घटना शुक्रबार राति करिब ७.३० बजे तिरको हो । पाँच जनाको परिवार मद्धे एक जना भने रोजगारीको सिलसिलामा भारतमा रहेको बताइएको छ । सबैको शव राति नै स्थानीय र प्रहरी मिलेर निकालेका थिए । घटनास्थलमा इलाका प्रहरी चौकी रिडी र इलाका प्रहरी चौकी जोहाङ्गको टोली परिचालन गरिएको थियो ।

सोही स्थानमै अन्य केही घर जोखिममा रहेकाले तत्काल सुरक्षित स्थानमा बस्न आग्रह गरिएको वडा अध्यक्ष ज्ञवालीले बताए ।

यो पनि, जिल्ला प्रशासन कार्यालय बाराले आइतबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले शुक्रबार सूचना जारी गर्दै आइतबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी रहिरहने बताए ।

यसै गरी पर्सा जिल्लामा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएको र बारामा समेत दैनिक संक्रमितको संख्या बढ्दै गएकोले निषेधाज्ञा जारी गरिएको उनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा अनुसार, ‘पर्सा तथा बारा जिल्ला जोड्ने हुलाकी लोकमार्ग पर्ने सबै स्थानीय तहहरु, कलैया बजार क्षेत्र, पथलैया, वीरगज औद्योगिक क्षेत्र, सिमरा, पथलैया, परवानीपुर, नितनपुर, निजगढ, कोल्हवी, सिम्रौनगढ, बरियापुर लगायत अत्याधिक भिडभाड हुने तथा बजार लाग्ने ग्रामिण क्षेत्रहरुमा निषेधाज्ञा लागू गरिएको छ । रासस

No comments:

Post a Comment