शिखर इन्स्योरेन्सको शेयर लिलामीमा आउदै - E-BreakingNews

शिखर इन्स्योरेन्सको शेयर लिलामीमा आउदै

Share This
शिखर इन्स्योरेन्सको शेयर लिलामीमा आउदै

शिखर इन्स्योरेन्स कम्पनीले आफ्ना लगानीकर्तालाई हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात १:०.३ को अनुपातमा ३१ करोड ७१ लाख ९३ हजार २०० रुपैयाँ बराबरको ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद शेयर निष्कासन गरेकोमा देहाय बमोजिमको शेयरहरूका लागि आवेदन नपरेकाले सो शेयर लिलामीमा ल्याउन लागेको हो । 

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद मार्फत बिक्री नभएका शेयर लिलामीमा बिक्रि गर्दै छ । कम्पनीले सर्वसाधारण लाई ८७ हजार ४ सय १२ दशमलव ८ कित्ता शेयर लिलाम बढाबढ गरी न्यूनतम मूल्य १०० रुपैयाँ तोकि बिक्री गर्ने भएको हो ।

उक्त हकप्रद शेयर खरीद गर्न इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरूले श्रावण २१ गते देखि श्रावण २८ गते बुधबारसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ लाई आधार मानी लगानीकर्ताले सो वा सोभन्दा बढी रकम अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ ।

नेपाल राष्ट्र बैंकले सबै लघुवित्त संस्थाहरुलाई ३०% भन्दा बढी नगद लाभांश वितरण नगर्न निर्देशन दिएको छ । राष्ट्र बैंकबाट अनुमति प्राप्त संस्थाहरुले आर्थिक वर्ष २०७६/७७ को खुद वितरण योग्य मुनाफाबाट ३०% सम्म मात्र नगद लाभांश वितरण गर्न मंगलवार निर्देशन दिएको हो ।

नगद लाभांश लघुवित्त संस्थाको आर्थिक बर्ष २०७६/०७७ को बचत निक्षेपको भारित औषत बढी हुन नहुने, र खुद वितरण योग्य मुनाफा कुल चुक्ता पूँजीको ५ प्रतिशत भन्दा न्यून भएको संस्थाले कर प्रयोजन बाहेक नगद लाभांश वितरण गर्न नपाउने व्यवस्था भएको छ । रासस


No comments:

Post a Comment