सगुनको आइपीओ मा लागनी नगर्न धितोपत्र बोर्डको आग्रह - E-BreakingNews

सगुनको आइपीओ मा लागनी नगर्न धितोपत्र बोर्डको आग्रह

Share This
सगुनको आइपीओ मा लागनी नगर्न धितोपत्र बोर्डको आग्रह

नेपाल धितोपत्र बोर्डद्वारा सगुनको आइपीओ गैरकानुनी भएको ठहर्याएको छ । उक्त कम्पनीको आइपीओमा लगानी नगर्न सर्वसाधारणलाई सचेत गराएको छ । विदेशमा रहेको यस संस्थाले आइपीओको नाममा पटकपटक नेपाली नागरिकबाट पैसा असुलिरहेको छ । यो कार्य सरासर गैरकानुनी हो । 

धितोपत्र सम्बन्धी ऐन अनुसार संगठित संस्थाहरूले नेपालमा धितोपत्र निष्कासन गर्नु अगाबै धितोपत्र बोर्डमा दर्ता गराउनुपर्ने हुन्छ । बोर्डबाट सुइकृति पाएपछि मात्र बिक्री खुला गर्न पाइन्छ । साथै, धितोपत्र बोर्डबाट अनुमति नपाएको सगुनलाई आइपीओ खुला भएको लगायतका विषयमा भ्रमित पार्ने गरी विज्ञापन तथा समाचार प्रकाशन तथा प्रकाशन नगर्न समेत निर्देशन दिएको छ ।

पछिल्लो समय विभिन्न सञ्चार माध्यमहरूमा विदेशमा दर्ता भएको सगुन इन्कर्पोरेसनले नेपाली लगानीकर्तालाई लक्षित गरी आइपीओ खुला भएको सूचना (विज्ञापन) जारी गरिहेको धितोपत्र बोर्डले उल्लेख गरेको छ । यस्तो कार्य अवैधानिक भएको पनि बोर्डले ठहर गरेको छ ।

यो पनि, मुलुकमा बन्दाबन्दी अन्त्य भए पनि कोभिड–१९ को जोखिम कायमै छ । आर्थिक गतिविधि चलायमान भएसँगै मानिसको चहलपहल बढ्दा संक्रमणको जोखिम बढाउँछ ।

भीडभाड बढ्दा मानिसले चाहेर पनि भौतिक दूरी कायम गर्न नसक्ने हुँदा अब अझै सावधानी जरुरी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन् । 

आमनागरिकसँगै सुरक्षाकर्मीमा देखिएको पछिल्लो संक्रमणले समेत जोखिम बढेको महसुस गर्न सकिन्छ । नेपाल प्रहरीको मुख्यालय प्रहरी प्रधान कार्यालयमा साउन ११ गते चार जनामा कोभिड–१९ देखियो । त्यसपछि कन्ट्रयाक्ट ट्रेसिङ गर्दा मंगलवारको परीक्षणमा थप ३१ जनामा कोभिड–१९ पुष्टि भयो । 

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक नीरजबहादुर शाही पछिल्लो चरणमा प्रहरीमा कोभिड–१९ संक्रमण बढेको बताउँछन् । ‘पहिले पनि सुरक्षा मापदण्ड बनाएर काम गरिएको थियो, हेडक्वाटरमै संक्रमण देखिएपछि अझै थप सावधानीका साथ खटिन निर्देशन दिएका छौँ’, शाहीले भने । मंगलवार सशस्त्र प्रहरीमा पनि एकजनामा कोभिड–१९ देखिएको छ । प्रहरीमा अहिलेसम्म २०६ जनामा संक्रमण भइसकेको छ ।

अहिलेसम्मको प्राप्त विवरणअनुसार चार सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग) का कुल ३८२ जनामा संक्रमण देखिइसकेको छ । अझै पनि १४१ जना उपचाररत रहेका छन् तर जटिल खालका बिरामी भने नभएको जानकारी दिइएको छ । रासस

No comments:

Post a Comment