सेयर बजारको बाटो अब कुन दिसामा ? - E-BreakingNews

सेयर बजारको बाटो अब कुन दिसामा ?

Share This
सेयर बजारको बाटो अब कुन दिसामा ?

सेयर बजार सुस्तगतिमा अघि बढेको छ । अल्पकालीन कारोबारीले नाफा बुक गरेकाले नेप्से सूचकले दबाबको सामना गर्नुपरेको छ । अल्पकालीन कारोबारीले बढेको बजारबाट राम्रै नाफा बुक गर्न सफल भएका छन् भने दीर्घकालीन लगानीकर्तालाई भने तलमाथिको बिन्दुले गर्दा खासै फरक पर्दैन ।

लामो समय बन्द पश्चात खुलेको बजार निकै तल झर्छ कि भन्ने डर थियो । तर त्यसको विपरीत बजार राम्रोसँग बढ्यो । सेयर बजार सधैं एकै बाटोमा मात्रै हिँड्दैन । तलमाथि गर्दै अघि बढ्नु बजारको विशेषता हो । तर यसको प्रमुख पक्ष भनेको दीर्घकालीन ट्रेन्ड कता छ भन्ने हो । घट्दो ब्याजदर र सहज तरलताले बजारमा सकारात्मक प्रभाव पर्ने विश्लेषणहरु भइरहेका छन् । तर सधै माथि जान्छ भन्ने चाहिँ होइन । तलमाथि गर्दै अघि बढ्ने हो ।

जम्मा १२ उपसमूहको सेयर कारोबार भएकामा २ उपसमूह माथि लागेका छन् भने बाँकी घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बिमा समूहको उपसूचक ५७.६१ अंकले घटेको छ ।

वाणिज्य बैंक समूहको उपसूचक ६.७२ अंकले तल झरेको छ । मिर्मिरे माइक्रोफाइनान्सको सेयर भाउ १० प्रतिशतले बढेको छ । यसको भाउ बढेर सर्किट लागेको हो । खरिदबिक्रीमा सबैभन्दा अघि नेपाल पुनर्बिमा कम्पनी परेको छ । दोस्रोमा नेपाल लाइफ इन्सुरेन्स र तेस्रोमा एनएमबि बैंक परेका छन् । 

यो पनि, चाइना-अलिबाबाका संस्थापक ज्याकमाले कोरोना भाइरसको बाट बच्न अमेरिकालाई १० लाख मास्क र ५ लाख टेस्टिङ किट सहयोग गरेका छन् ।

सोमवार बिहान चीनबाट अमेरिका पठाएका हुन् । ट्विटरमा उनलाई करीब ९० हजारले फलो गरेका थिए । उक्त ट्विटलाई पछि उनले ज्याक मा फाउन्डेसनबाट रिट्विट गर्दै कठीन समयमा अमेरिकीहरूसँग हातेमालो गरेको बताएका थिए ।

उनको ट्वीटलाई ट्वीटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्याक डोर्सेले रिट्विट गर्दै उनलाई नयाँ प्लेटफर्ममा स्वागत पनि गरेका छन् । ज्याकमा फाउन्डेसनले दिएको जानकारी अनुसार कोरोना भाइरससँग लडिरहेका अरू देशलाई पनि सहयोग गर्ने बताएका छन् । रासस

No comments:

Post a Comment