शेयर बजारमा अस्वाभाविक चलखेलको प्रयास लगानीकर्तालाई डर त्रासको बातावरण सिर्जना - E-BreakingNews

शेयर बजारमा अस्वाभाविक चलखेलको प्रयास लगानीकर्तालाई डर त्रासको बातावरण सिर्जना

Share This
  शेयर बजारमा अस्वाभाविक चलखेलको प्रयास लगानीकर्तालाई डर त्रासको बातावरण सिर्जना

बिश्व महामारी [Covid-19] को त्रास देखाउँदै शेयर बजारमा अस्वाभाविक चलखेल भैरहेको देखिएको छ । उपत्यकामा कोरोनाको कहर बढेसँगै केही बैमान समूहहरुले बजारमा कोरोनाको कारण फेरी लकडाउन हुने हल्ला र बजार बन्द हुने हल्ला फैलाई दोस्रो बजारमा निकै चलखेल भैरहेको पाइएको छ ।

नेप्सेले अब जस्तो सुकै परिस्थिति मा बजार खोल्ने बताएपनि बैमान स्वार्थी समूहले भने सोझा साझा लगानीकर्तामा भय त्रासको बातावरण सिर्जना गर्दै बजारलाई ओरालो तिर लागेको बुझिएको छ । 

केही ब्रोकर कार्यालयहरुमा गएर बुझ्दा नाम नखुलाउने सर्तमा केही ठूला लगानीकर्ताहरु कोरोनाको त्रास देखाउँदै बजार घटाउने र सस्तोमा शेयर किन्ने दाउमा रहेको बताएका छन् ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याएपछि पनि शेयर बजारमा सोचे अनुरुप नबढेको विशेषज्ञहरु बताउँछन् ।

नेपाल राष्ट्र बैंक द्वारा जारि मौद्रिक नीतिको सवैले प्रसंशा गर्दै नीतिले शेयर बजारमा सकारात्मक प्रभाव पर्ने बताइरहँदा पनि बजारले भने सोचअनुरुप गति लिन सकेको छैन । 

यो पनि, २.८४ अंकले उक्लियो नेप्से, साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २ दशमलव ८४ अंकले माथि उक्लिएको छ । कारोबारको एक घण्टामा नेप्से परिसूचक शून्य दशमलव २० प्रतिशत बढेर १ हजार ४३४ दशमलव ३६ विन्दुमा पुगेको हो । 

उक्त अवधिमा ठूला कम्पनीहरुको कारोबार सेन्सेटिभ इन्डेक्स ०.१६% ले बढेर ३००.९६ विन्दुमा पुगेको छ । उक्त अवधिसम्म १६४ ओटा कम्पनीको ५ हजार २२ पटकको व्यापारमा रू. २९ करोड २९ लाख २१ हजार बराबरको शेयर कारोबार भएको छ । रासस

No comments:

Post a Comment