आज कोरोनाको संक्रमण बाट ५२ जनाको मृत्यु - E-BreakingNews

आज कोरोनाको संक्रमण बाट ५२ जनाको मृत्यु

Share This
 आज कोरोनाको संक्रमण बाट ५२ जनाको मृत्यु

आज बिहीवार नेपालमा थप २७४ संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या १९ हजार ५४७पु गेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधवार कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालका हाल सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।

आज काठमाडौं उपत्यकामा ४५ जना कोरोना संक्रमित थपिएका छन् । जसमा काठमाडौं जिल्लाका ४१, भक्तपुर र ललितपुरका २, २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

काठमाडौंका ४१ जना संक्रमितमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १९ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १३ जना, शिक्षण अस्पतालमा ४ जना, नेपाल प्रहरी अस्पतालमा ३ जना र स्टार अस्पतालमा २ जनामा संक्रमण देखिएको हो ।

हाल आईसोलेशनमा ५ हजार २२७ जना रहेका छन् । अहिले सम्म पीसीआर परीक्षण संख्या ३ लाख ६४ हजार ६४८ पुगेको छ ।

हाल क्वारेन्टाइनमा १३ हजार २०१ जना रहेका छन् । कुल संक्रमित मध्ये ७२ दशमलव ९७ प्रतिशत डिस्चार्ज भएका छन् भने कुल डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३०४ जनाको पीसीआर परीक्षण गरिएको छ । रौतहट र कैलाली जिल्लामा हाल ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् । रासस











No comments:

Post a Comment