सर्वोच्चको कडा घोषणा, लकडाउन अवधिभर घरभाडा उठाउन नपाउने - E-BreakingNews

सर्वोच्चको कडा घोषणा, लकडाउन अवधिभर घरभाडा उठाउन नपाउने

Share This
सर्वोच्चको घोषणा, लकडाउन अवधिभर घरभाडा उठाउन नपाऊने

सर्वोच्च अदालतले बिश्व महामारी कोरोनाका कारण सरकारले लगाएको नीति लकडाउन अवधिभर घरभाडा नउठाउन आदेश गरेको छ। ओबिसी महासंघका तर्फबाट गजेन्द्र ठाकुरले दायर गरेको रिटमा सर्वोच्चले बिहीबार सुनुवाई गर्दै नेपालसरकार र सातै प्रदेशका मुख्यमन्त्रीको नाममा अन्तरिम आदेश जारी गरेको हो। नाई संघका तर्फबाट सम्पूर्ण श्रमिकले यो अवधिमा आम्दानी नगरेकाले भाडा तिर्न नसक्ने भएकाले छुट दिनुपर्ने माग गर्दे ठाकुरले असार २१ गते सार्वजनिक सरोकारको रिट दायर गरेका थिए।

सो रिटमाथि दुवै पक्षले गरेको छलफलपछि सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो। न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको इजलासले अन्तरिम आदेश जारी गरेको हो। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय काठमाडौं, सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाइएको थियो। 

सर्वोच्चले घर भाडा लिने निर्णय तत्काल रोक्न सबै प्रदेशका मुख्यमन्त्रीको नाममा आदेश गरेको हो।सर्वोच्चले यसअघि असार २४ गते सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको थियो। सर्वोच्चले घर भाडा तिर्न नसक्ने वर्गका मानिस, दैनिक श्रम गरिरहेका व्यक्तिहरुको बारेमा सरकारसँग लिखित जवाफ माग गर्दै त्यस्तो आदेश जारी गरेको थियो। 

यो पनि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारसम्ममा सोसलमिडिया टिकटकमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले भोलि बेलुकासम्म टिकटकमाथि प्रतिबन्धको घोषणा गर्ने बताए ।

उनले कार्यकारी आदेशमार्फत टिकटकमाथि प्रतिबन्ध लगाउने वा फरक तरिकाबाट लगाउने भन्नेबारे केही बताएका छैनन् । अमेरिकी कम्पनी माइक्रोसफ्टले टिकटक किन्नेबारे छलफल सुरु गरेलगत्तै ट्रम्पको यस्तो भनाई आएको हो ।

टिकटकमाथि भारतले प्रतिबन्ध लगाइसकेको छ भने अमेरिकामा पनि टिकटकमा उल्लेख्य प्रयोगकर्ताहरु रहेका छन् । चाइना कम्पनी बाइटडान्सले सन् २०१७ मा टिकटकको सुरुवात गरेको थियो । त्यसपछि टिकटकका प्रयोगकर्ताहरु ह्वात्तै बढेका थिए । कोरोनाको महामारीमा टिकटकको लोकप्रियता अझ बढेको थियो ।

राष्ट्रिय सुरक्षाको विषयलाई लिएर अमेरिकाले केही समयदेखि टिकटकमा प्र’तिबन्ध लगाउनेबारे विचार गरिरहेको छ । रासस




No comments:

Post a Comment