लघुवित्तको शेयरमा पहिरो जानुको कारण नेपाल राष्ट्र बैंक को नया निती - E-BreakingNews

लघुवित्तको शेयरमा पहिरो जानुको कारण नेपाल राष्ट्र बैंक को नया निती

Share This
लघुवित्तको शेयरमा पहिरो जानुको कारण नेपाल राष्ट्र बैंक को नया  निती

लघुवित्तमा बोनस र व्याजदरमा राष्ट्र बैंकले नया मौद्रिक नीति लागु गरे संगै यस समूहको शेयरमा भूकम्पनै गएको छ । मौद्रिक नीतिमा गएिको घोषणा अनुसार मंगलबार निर्देशन जारी गर्दै लाभांश र व्याजदरमा नयाँ सीमा केन्द्रिय बैंकले तोकेको थियो ।

मौदिंक नीति अनुसार अब लद्युवि वित्तीय संस्थाहरुले ऋणमा १५ प्रतिशतभन्दा बढी व्याज लिन नपाउने व्यवस्था छ । राष्ट्र बैंकले व्याजदरसँगै लद्युवित्तले ग्राहकबाट ऋणमा १.५ प्रतिशत बढी सेवा शुल्न लिन पाउँनेछैनन् । त्यसै गरी थोक ऋण प्रदायकले पनि ०.५ प्रतिशत मात्र सेवा शुल्क दिन पाउँछन् ।

राष्ट्र बैंकले लद्युवित्तमाथि जुन प्रकारको नया नीति तथा नियम लगाउने निर्देशन सँगै बुधबार भने धितोपत्र बजारमा लद्युवित्तको शेयरमा ओरालो लागेको छ । सवै भन्दा धेरै घट्ने कम्पनीहरुमा लद्युवित्त कम्पनीहरु घटेका छन् । लद्युवित्तले दिर्घकालिन कोषहरु बाहेकका रकम बैंक तथा वित्तीय संस्थामा ३ महिनाभन्दा बढी अवधिकको मुद्दती निक्षेपमा राख्न र नवीकरण गर्न नपाइने व्यवस्था समेत गरेको छ ।

राष्ट्र बैंकले तेस्तो नया मोडालिटी ल्याए संगै धितोपत्र बजारमा लद्युवित्तको शेयर बेच्ने लगानीकर्ताको ओइरोनै देखिन थालेको छ । लगानीकर्ता भन्छन थोरै शेयर राख्नु भन्दा बेच्नु लगानीकर्ताको धारण छ ।

लाभांश र हकप्रद शेयरमा पनि नया नीति र मोडालिटी: अबदेखि राष्ट्र बैंकले लाभांश वितरणमा पनि कडाइ गरेको छ । निर्देशनमा लद्युवित्तले आर्थिक वर्ष २०७६/७७ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने उल्लेख छ ।

त्यसै गरी राष्ट्र बैंकले हकप्रद शेयर जारी गर्ने गरी प्रबन्धपत्र तथा नियामावलीको संशोधन स्वीकृति प्रदान नगर्ने भएको छ । खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका इजाजतपत्रप्राप्त संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभा.श वितरण गर्न नपाउने व्यवस्था गरिएको छ ।

यो पनि, सौराहामा आज बात होटेल पूर्ण रुपमा सरु भएको छ । सरकारले गत चैत ११ गतेदेखि लक डाउन गरेसँगै सौराहाका होटल पूर्णरुपमा बन्द रहेका थिए । सरकारको निर्णय अनुरुप नै होटल सञ्चालनमा ल्याइएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले बताए ।

उनले भने, “सुरक्षा सतर्कता अपनाएर होटल सञ्चालन गरेका छौं, सबै व्यवसायीले सोहीअनुरुप तयारी गरिरहेका छन् ।” उहाँले आजदेखि सौराहा खुल्यो भन्ने सन्देश प्रवाह गरिएको बताउनुभयो । होटल सञ्चालनमा आउने भएपछि यहाँका व्यवसायीले छुट्टाछुट्टै प्याकेज घोषणा गर्न थालेका छन् । संघले औपचारिक रुपमै छुटबारे निर्णय गर्ने तयारी गरे पनि व्यवसायी स्वतःस्फूर्त रुपमा छुटको प्याकेज घोषणा गरेका हुन् ।

रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) सौराहाका निवर्तमान अध्यक्षसमेत रहेका सूर्योदय गेष्ट हाउसका सञ्चालक गोकर्ण गिरीले कोठा (लजिङ) मा ५० प्रतिशत छुटको घोषणा गरेका छन् । यस्तै खानामा २० प्रतिशत र पेय पदार्थमा १५ प्रतिशत छुट दिइने उनले बताए । रासस

No comments:

Post a Comment