रिलायन्स लाइफ इन्स्योरेन्सले पायो आइपिओ बिक्रि गर्न अनुमति जानौ कति कित्ता - E-BreakingNews

रिलायन्स लाइफ इन्स्योरेन्सले पायो आइपिओ बिक्रि गर्न अनुमति जानौ कति कित्ता

Share This
 रिलायन्स लाइफ इन्स्योरेन्सले पायो आइपिओ बिक्रि गर्न अनुमति जानौ कति कित्ता

रिलायन्स लाइफ इन्सुरेन्सले ६३ करोड रुपैयाँको आइपीओ जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । त्यसैगरी, कम्पनीले निष्कासन गर्न लागेको उक्त आइपिओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषत भन्दा तल रहेको देखाउँछ ।

निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार ९ गते मंगलबार सेबाेनमा निवेदन पेश गरेकोथियो ।कम्पनीले आइपीओ जारी गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । रिलायन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको ६३ लाख कित्ता आइपीओ जारी गर्न नियामक निकायबाट अनुमति पाएको हो ।

रिलायन्सले जारी पुँजीको ३०% सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।

कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. ६ करोड १८ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा १२८ प्रतिशतले वृद्धि भएको हो ।

सो अवधिमा कम्पनीले रू. २ करोड ७० लाख नाफा कमाएको थियो । चुक्तापूँजी रू. १ अर्ब ४७ करोड रहेको उक्त कम्पनीले जगेडा कोषमा रू. १४ करोड ९६ लाख सञ्चित गरेको छ । 

गत आवको तेस्रो त्रैमासमा कम्पनीले रू. ८२ करोड २३ लाख बीमाशुल्क आर्जन गरेको छ । सो अवधिमा कम्पनीले १६ जनालाई रू. १ करोड ६७ लाख दाबी भुक्तानी गरेको छ भने एक जनालाई रू. १० लाख दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।

गत आवको तेस्रो त्रैमासमा कम्पनीको जीवन बीमा कोषमा रू. ८६ करोड ९८ लाख जम्मा भएको छ । सोही अवधिमा कम्पनीले बीमा लेखको धितोमा राखेर रू. ९ करोड ७१ लाख कर्जा प्रवाह गरेको छ । रासस

No comments:

Post a Comment