नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (मंगलबार) महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको २ लाख ४ हजार कित्ता बोनस शेयर सूचिकृत भएको छ ।
नेप्से परिसूचक पहिलो घन्टामा ३.९१ अंकले ओरालो आज (मंगलवार) एक घण्टामा रू. ३२ करोड ५० लाख ५७ हजार बराबरको शेयर कारोबार भएको छ । यस अवधिमा १६१ ओटा कम्पनी कारोबारमा आएका छन् ।
१ हजार ४४९ दशमलव ८६ सम्मको न्यून विन्दु कायम गरेको बजार एक घण्टामा ३ दशमलव ९१ अंक घटेको छ । उक्त अवधिसम्म नेप्से परिसूचक १ हजार ४५८ दशमलव ५७ विन्दुमा झरेको छ ।
ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ११ प्रतिशत घटेर ३०६ दशमलव ९८ विन्दुमा झरेको छ । एक घण्टामा सबैभन्दा बढी कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । यस कम्पनीको रू. ३ करोड ५२ लाख ८३ हजार बराबरको शेयर कारोबार भएको हो । रासस
No comments:
Post a Comment