रिलायबल नेपाल लाइफले साधारण शेयर आईपीओ विक्री गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ । आइतबार भएको दोस्रो वार्षिक साधारण सभाले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यस्तै सभाले पारित गरेसँगै कम्पनीले सर्वसाधारणमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । सभामा आर्थिक वर्ष २०७५ र ७६ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकेको छ ।
विसं २०७४ साल भदौ ३ गतेदेखि औपचारिक रूपमा कारोबार सुचारु गरेको उक्त कम्पनीले हालसम्म १७ प्रकारका बीमा योजनाहरु बजारमा ल्याएको कम्पनीका अध्यक्ष उदय नेपालीले सभामा जानकारी दिएका छन् ।
साधारण सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७४/ ७५ को वार्षिक वित्तीय विवरण, लेखा परिक्षण प्रतिवेदनसमेत पारित गरेको छ ।
यो पनि पढ्नुस, विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ६४ लाख २० हजार २८७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख १७ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ६ लाख ५२ हजार २५६ पुगेको छ ।
हालसम्म १ करोड ४८ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा भने अहिलेसम्म १८ हजार ६१३ जना संक्रमति फेला पर्दा १३ हजार १२८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ४५ जनाको भने मृत्यु भएको छ । रासस
No comments:
Post a Comment