आज फेरि सेयर बजारमा आयो चमक - E-BreakingNews

आज फेरि सेयर बजारमा आयो चमक

Share This

आज फेरि सेयर बजारमा आयो चमक

सेयर बजारमा फेरी चमक देखिएको छ । बजार माथि जाँदा लगानीकर्ता थप उत्साहित भइरहेको देखिन्छ । खरिदबिक्री सँगै नेप्से सूचक पनि माथि लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था भएको हुँदा बैंक ब्याजदर तल झरिरहेको छ । यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको देखिन्छ ।
 
लगानीकर्ताको मनोबलले पनि सेयर बजारमा थप सकारात्मक प्रभाव पार्ने गर्छ । बजार सुधार हुनुमा लगानीकर्ताका लागि खुशीको कुरो हो । तर यस्तो बेलामा लगानीकर्ताले सचेत भएर लगानी गर्नु पर्छ। कम्पनीको समग्र वित्तीय अवस्था, प्रतिसेयर आम्दानी, मूल्य–आम्दानी अनुपात लगायतका कुराहरु को विश्लेषणमा ध्यान दिनुपर्छ । 


अहिलेसम्म सूचीकृत ठूला कम्पनीहरुको वित्तीय विवरण आइसकेको छैन । गत आर्थिक वर्षको चोथो त्रैमासको वित्तीय विवरणको समग्र अवस्थाले पनि बजारको आगामी गति निर्धारण गर्न सहयोग पुर्याउने विश्वास गर्न सकिन्छ । 

सेयर बजार तलमाथि भैराख्छ । यो बजारको विशेषता नै हो । तर बजार सूचक तलमाथि गरिरहँदा लगानीकर्ताले आफूले खरिदबिक्री गर्ने कम्पनीको अवस्थामा विशेष ध्यान दिनुपर्छ । आफ्नो नाफाको अनुपात तय गर्न सक्नुपर्छ । रासस

No comments:

Post a Comment