जर्मनीका आठ फौजी कुकुरहरुलाई केही दिन यता तालिम पश्चात मानिसहरुको -यालको नमूना सङ्कलनबाट कोरानोबाट संक्रमित पत्ता लगाउन ९४% सफल भएको थियो ।
यसका लागि कुकुरहरुलाई हजारभन्दा बढी स्वस्थ्य व्यक्ति र संक्रमित व्यक्तिको -यालको नमूनाहरुबाट कोरोनाभाइरस पत्ता लगाउन चुनौति दिइएको थियो ।
अनुसन्धानमा सहभागी प्रो. काक्रिटज् ब्लकबेडका अनुसार कुकुरहरुको घ्राण शक्ति तेज हुने भएकाले संक्रमित बिरामीहरुमा हुने मेटाबोलिक परिवर्तनको खास गन्धबाट पत्ता लगाउन सक्षम भएका हुन् ।
छोराछोरीको मोटोपन, अचेल प्राय: जसो अभिभावकको टाउको दुखाइको विषय बनेको छ । केटाकेटी अस्वभाविक रूपमा मोटाएपछि अभिभावक लाई दुखि भएका छन्। मोटोपनले सानै उमेरमा शरीर असुहाउँदो त देखिन्छ नै उनीहरू चाँडै रोगी पनि हुन्छन् । केटाकेटी लाई मोटाउन नदिन यी उपाय अपनाउनुपर्छ ।
सर्वप्रथम त उनीहरूको खानपान, बानीब्यबहारमा परिवर्तन ल्याउनुपर्छ। बच्चालाई टेलिभिजन वा मोबाइल हेर्दै र गेम खेल्दै खाने लत छुटाउनु पर्छ।
मोबाइल, कम्युटर, टिभीमा धेरै समय बिताउन दिनु हुँदैन। घरभित्र खेल्नेभन्दा बाहिर खेल्ने खेलमा प्रेरित गर्नुपर्छ। उनीहरूलाई खुला रूपमा दौडिन र उफ्रिन दिनुपर्छ। थोरै थोरै खाना धेरै पटक दिनुपर्छ।
ज्यादै भोक लागेपछि धेरै खानेकुरा खाने बानीले पनि मोटोपन बढ्छ। जंकफुड बाट टाढा राख्नु पर्छ । फलफूल, सागसब्जी पर्याप्त खाने बानी गराउनुपर्छ।
यसले पनि क्रमशः जंकफुडको बानी छुट्छ। कोल्ड ड्रिंकको साटो पानी वा फलफूलको ताजा रस पिउन दिने र धेरै गुलियो खानेकुरा बाट राख्नु पर्छ। राति अबेरसम्म बस्न दिनुहुँदैन। छिटै सुताउने र बिहान छिटै उठाउने गर्नुपर्छ। बच्चालाई पर्याप्त निन्द्रा पुग्न दिनुपर्छ । रासस
No comments:
Post a Comment