नेपालमा थप २१० जनामा कोरोना संक्रमण कुल संख्या १९२७३ पुग्यो - E-BreakingNews

नेपालमा थप २१० जनामा कोरोना संक्रमण कुल संख्या १९२७३ पुग्यो

Share This
नेपालमा थप २१० जनामा कोरोना संक्रमण कुल संख्या १९२७३ पुग्यो

नेपालमा बुधवार थप २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नयाँ २१० जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार २७३ जना पुगेको छ । यस्तै, कुल १४ हजार २१ जना उपचारपछि निको भएर घर फिर्ता भएका छन् । बुधबार मात्रै १४६ जना कोरोना संक्रमणबाट निको भएर फर्किएका छन् । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ रहेको छ । 

मन्त्रालयका प्रवक्ता डा जागेश्व गौतमका अनुसार बुधवार १४६ जना डिस्चार्ज भएका छन् । हालसम्म कुल डिस्चार्ज हुनेको संख्या १४ हजार २१ पुगेको छ । हाल क्वारेन्टाइनमा १४ हजार ४७१ जना रहेका छन् ।

हाल आईसोलेशनमा ५ हजार २०३ जना रहेका छन् । त्यसैगरी कुल पीसीआर परीक्षण संख्या ३ लाख ५८ हजार ३४४ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ्ग जिल्लामा कोरोना संक्रमित छैनन् भने रौतहट र कैलाली जिल्लामा ५ हजारभन्दा बढी संक्रमति रहेका छन् । 

गत २४ घण्टामा कोरोना भाइरसका कारण भएको यो मानवीय क्षति गएको साढे दुई महीना यताको नै सबैभन्दा बढी भएको मंगलवार जानकारी दिइएको छ । 

अमेरिकामा एकै दिन ६० हजार कोरोना भाइरसका नयाँ संक्रमित थपिएका बाल्टिमोर आवद्ध विश्वविद्यालयले जानकारी दिएको छ ।  अमेरिकामा हाल सम्म कुल संक्रमितको संख्या ४४ लाख ९८ हजार ३४३ पुगेको छ भने १ लाख ५२ हजार ३२० जनाको मृत्यु भइसककेको छ । रासस

No comments:

Post a Comment