लगानीकर्ताले आईपीओमा छिटोमा साउन २१ गतेसम्म र सबै आबेदन नपरेमा ढिलोमा भदौ ३ गतेसम्म आवेदन दिन सक्नेछन् । यस कम्पनीको उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानीमा क्यापिटलले गर्नेछ ।
कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ अंकित दरले ३३ लाख ५८ हजार ४६ कित्ता आईपीओ निष्कासन गरेकाे हो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ६५ हजार ५०२ कित्ता शेयर सामूहिक लगानी कोषको लागि, २ प्रतिशत अर्थात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीको लागि र बाँकी रहेको ३१ लख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेकाे हो ।
आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि र अधिकतम ३१ लाख ४० हजार १८० कित्ता कित्ताको लागि आवेदन दिन सक्नेछन् । “लगानीकर्ताले सानिमा क्यापिटल पुतलीसडक, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड चावहिल प्लाजा, र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सिआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले कुनै पनि हाइड्रो वा इन्फ्रास्टक्चरमा लगानी गरेपछि आउने २ वर्षमा प्रतिफल ग्यारेन्टी हुने संस्था छ भने त्यो एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड । ४ ओटा हाइड्रोको आम्दानी ग्यारेन्टी हुँदा यो वर्षदेखि नै न्यूनतम प्रतिफल दिने सोच कम्पनीले बनाइसकेका छ भने आउने २/ ३ वर्षमा ३२ -३५ प्रतिशत लाभांश दिने आधार देखेका छौँ ।
कम्पनीले आइपिओ निश्कासन गर्नु भनेका लगानीकर्ताको लागि एउटा विश्वास हो । त्यसमा पनि कम्पनीको इन्फ्रास्टक्चर र वित्तिय विवरण विश्लेषण गर्नु एउटा सजक लगानीकर्ताको जिम्मेवारी हो ।
त्यसैगरी, कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।
दोस्रो बजारमा हाइड्रोसँगै सवै कम्पनीहरुको शेयर मूल्य घटेका छ । त्यसमा पनि हाइड्रोको शेयर मूल्य कम हो । तर, राम्रो हाइड्रोपावर कम्पनी पनि छन् ।
२०१२ सालमा देशमा चरम लोडसेडिङ हुँदा राज्यको आवश्यकता हाइड्रो भएको र प्रतिफल पनि राम्रो हुने भएकाले त्यतिखेरदेखि यो क्षेत्रमा लगानी गर्नुपर्छ भनेर अगाडि बढेका हो । यो हाइड्रो पावर कम्पनी होइन् । रासस
No comments:
Post a Comment