ओप्पोको नयाँ स्मार्टफोन ओप्पो रेनो ४ प्रो इंडियामा जुलाई २ मा लन्च हुदैछ । ओप्पो रेनो ४ प्रो मा थ्रीडी बोर्डरलेस स्क्रिन छ र डिस्प्ले ९० हर्ट्जको रिफ्रेस रेट छ। यसमा ६५वाटको सुपरबुक २.० फ्ल्यास चार्जरको सपोर्ट छ।
यस चार्जरले ३६ मिनेटमा ४००० एमएएच ब्याट्री फुल चार्ज गर्न सक्छ। साथै, एआई कलर पोर्ट्रेट मोड यसमा दिइएको छ। ओप्पो रेनो ४ प्रो मा तपाई ९६० एफपीएस ए.आई. स्लो मोशन, नाईट फ्लेर पोर्ट्रेट जस्ता सुविधाहरू पाउन सक्नु हुनेछ।
सुपरबुक २.० बाहेक यस फोनमा सुपर पावर सेभिंग मोड र सुपर नाइट टाइम स्ट्यान्डबाइ पनि छ, जुन कम्पनीले यो मोडमा आठ घण्टामा मात्र दुई प्रतिशत ब्याट्री सकिने हुने बताएको छ।
ओप्पोको यस फोनले ३२ मेगापिक्सलको सेल्फी क्यामेरा लिन सक्दछ, जुन पंचुअल शैलीमा हुनेछ। रासस
No comments:
Post a Comment