हार्मोन भनेको के हो?
कुनै कोष वा ग्रन्थीबाट उत्पादन हुने रसायन हो जसले शरीरको अरु भागमा रहेका कोषहरुलाई असर समेत गर्ने गर्छ । शरीरको मेटाबोलिज्म र रोग प्रतिरोधक प्रणालीमा हार्मोनको सिधै असर हुन्छ ।चिकित्सकका अनुसार शरीरमा कुनै हर्मोन धेरै बढी वा धेरै कम हुनु नै हर्मोनको असन्तुलन हो ।
अहिलेको व्यस्त दिनचर्या, असन्तुलित जीवनशैली, अस्वस्थ्यकर खानपान, प्रदूषण, मानसिक तनावले पछिल्लो दशक हर्मोनल असन्तुलनको ग्राफ एकदमै तिब्र रुपमा बढेको छ ।
प्रभावकारी उपचारको अभावमा हर्मोनल असन्तुलनले अनेक किसिमको रोग जन्माउँछ । जस्तो मधुमेह, उच्च रक्तचाप, उच्च कोलोस्टोर, हृदय वा मुटु रोग, मोटोपन, अस्टियोपोरोसिस, गर्भाशय वा स्तन क्यान्सर, डिप्रेसन आदि । यसका साथै बाँझोपन, गर्भपात, गर्भावस्थको बेला मधुमेह जस्ता समस्या निम्तने गर्छ ।
कसरी सन्तुलित बनाउने त ?
पोषिलो एवं स्वस्थ्यकर खानपान, सक्रिय दिनचर्या, सकारात्मक सोंच आदिले यसमा खास भूमिका खेल्छ । अर्थात खराब खानपान र दिनचर्या परिवर्तन गरेर हर्मोनलाई सन्तुलित राख्न सकिन्छ । मदिरापान नगर्ने, धेरै मसलेदार वा अवस्थ्यकर खानेकुरा नखाने, ऐशआरमपूर्ण जीवन नखोज्ने, चिन्ता एवं तनाव नलिने ।
पर्याप्त निद्रा लिने । सन्तुलित जीवनशैली, खानपान र सोंचबाट हर्मोनलाई सन्तुलित राख्न सकिन्छ । गहिरो निद्राले मस्तिस्क र एड्रिनल ग्रन्थीको माध्यमले हार्मोन सन्तुलित हुन्छ । हार्मोन असन्तुलनको कारण देखिने विभिन्न स्वास्थ्य समस्याहरुलाई कम गर्नको लागि प्रतिदिन आठघन्टा सुत्ने लक्ष्य बनाउनुपर्छ ।
हर्मोनलाई सन्तुलित राख्नका लागि अर्को सर्त हो व्यायाम । नियमित रुपमा समूचित ढंगले व्यायाम गर्नु जरुरी छ । ऐशआरम वा निस्क्रिय जीवनशैलीको कारण पनि हर्मोनमा असन्तुलन आउने गर्छ ।
किन हुन्छ असन्तुलन?
हार्मोन असन्तुलनको एक मात्र नभई तेहा धेरै कारण रहेको पाइन्छन। जस्तो, खराब जीवनशैली, पोषणको कमी, व्यायाम नगर्ने, गलत खानपान, अत्यधिक तनाव वा उमेर आदि । महिला र पुरुष दुवैमा हार्मोन असन्तुलनको फरक फरक प्रभावहरु हुन्छन् ।
पछिल्लो दिन विश्व स्वस्थ्य संगठनले मानसिक स्वास्थ्यको घट्दो स्तरलाई लिएर चिन्ताजनक आंकडा दिएको थियो । अहिले धेरैजसो मानिस दिमागमा चिन्ता र तनाव बोकेर बाचिरहेका छन् । उनीहरु कुनै न कुनै मानसिक समस्याबाट गुज्रिरहेका छन् । यसको पछाडि असन्तुलित हर्मोन नै जिम्मेवार देखिएको छ ।
हाल्टरोफ मेडिकल ग्रुपले गरेको एक मनोवैज्ञानिक अध्ययनमा भनिएको थियो कि, मानसिक स्वस्थ्य र हर्मोनबीच गहिरो सम्बन्ध हुन्छ । मानसिक समस्याको जड मनमा होइन, हर्मोनमा रहेको पनि उक्त अध्ययनबाट थाहा भएको छ ।
यो पनि, कसरी कोरोना-भाइरस सङ्क्रमण हुन्छ ? कोरोनाभाइरस नाक र मुखबाट मानिसको शरीरमा प्रवेश गर्छ । सङ्क्रमित व्यक्तिको सम्पर्कमा आउनेहरू मानिसलाई उक्त भाइरस सर्न सक्छ।
सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक र मुखबाट निस्किएका ससाना छिटामा कोरोनाभाइरस सर्छ ।
सङ्क्रमित व्यक्तिले सरसामान वा सतह छोएर हात नधोई आफ्नो अनुहार छुँदा कोरोनाभाइरस शरीरमा सर्न सक्छ।
भाइरसले पहिला घाँटी, सासनली र फोक्सोका कोषलाई आक्रमण गर्छ। बिस्तारै ती अङ्गलाई कोरोनाभाइरसहरूले आफ्नो नियन्त्रणमा लिएर आफ्नो सङ्ख्या वृद्धि गर्न थाल्छन् र गम्भीर असर पुर्याउन सक्छन्।रासस
No comments:
Post a Comment