अजोड इन्सुरेन्सको आज पनि सेयर कारोबार हुनसकेन किन यस्तो छ कारण - E-BreakingNews

अजोड इन्सुरेन्सको आज पनि सेयर कारोबार हुनसकेन किन यस्तो छ कारण

Share This
अजोड इन्सुरेन्सको आज पनि सेयर कारोबार हुनसकेन किन यस्तो छ कारण

अजोड इन्सुरेन्सको बुधबार पनि सेयर कारोबार हुन सकेन। अब प्रि ओपनिङ समयमा किनबेच भएमा भोलि कारोबार खुल्नेछ । नेप्सेले अजोडको सेयरमा पहिलो कारोबार न्यूनतम ९७ रुपैयाँदेखि अधिकतम २ सय ९१ रुपैयाँ भित्र हुने गरी ओपन रेन्ज निर्धारण गरेको छ । 

यसअघि प्रि ओपनिङ सेसनमा कारोबार नहुँदा मंगलबार पनि किनबेच हुन सकेको थिएन । नेप्सेका अनुसार प्रि ओपनिङ सेसनमा खरिदबिक्री हुन नसकेकाले नियमित समयमा पनि किनबेच नभएको हो । 

बैंकिङ कसुर मुद्दामा फरार भएको पारस लोहनी पक्राउ परेका छन् । फरार भएको लोहनीलाई काठमाडौंको मातातीर्थमा लुकिछिपी बसिरहेको अवस्थामा सीआइबीको टोलिले पक्राउ गरेको हो । 

ललितपुर जिल्ला अदालतले लोहनीलाई २५ दिन जेल र २४ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो । अदालतको फैसलापछि उनी लुकीछिपी बसेका थिए । उनलाई पक्राउ गरेर प्रहरीले मंगलबार ललितपुर जिल्ला अदालत उपस्थित गराएको छ । नुवाकोटका ४७ वर्षीय लोहनी ललितपुरको तिखिदेवलमा बस्दै आएका थिए । उनलाई फरार भएको करिब ६ महिनामा केन्द्रीय अनुसन्धान ब्यूरो को टोलीले पक्राउ गर्न सफल भएको छ ।

कोरोना भाइरस अपडेट - हालविश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ लाख ६३ हजार ४७६ पुगेको छ । हालसम्म १ करोड ४ लाख ५६ हजार भन्दाधेरै उपचारपछि निको भएर घर फर्किएका छन् । साथै उक्त भईरस बाट संक्रमित हुनेको संख्या १ करोड ६८ लाख ९३ हजार ५३२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ४६ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । 

नेपालमा भने अहिलेसम्म १९ हजार ६३ जना संक्रमति फेला पर्दा १३ हजार ८७५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ४९ जनाको भने मृत्यु भएको छ । यस्तै, अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४४ लाख ९८ हजार ३४३ पुगेको छ । त्यहाँ हालसम्म १ लाख ५२ हजार ३२० जनाको मृत्यु भएको छ । 

बंगलादेशमा हालसम्म २ लाख २९ हजार १८५ संक्रमित हुँदा ३ हजारको मृत्यु भएको छ । टर्कीमा २ लाख २७ हजार ९८२ संक्रमित हुँदा ५ हजार ६४५ को ज्यान गएको छ । जर्मनीमा २ लाख ७ हजार ९५१ जना संक्रमित हुँदा ९ हजार २०७ जनाको मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ८३ हजार ८०४ हुँदा ३० हजार २२३ जनाको मृत्यु भएको छ । 

चीनमा पछिल्लो २४ घण्टामा १०१ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८४ हजार ६० जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा ३० हजार ९६१ जना संक्रमित हुँदा ९९८ जनाको ज्यान गएको छ । 

ब्राजिलमा हालसम्म २४ लाख ८४ हजार ६४९ जना संक्रमित हुँदा ८८ हजार ६३४ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म १५ लाख ३२ हजार १३५ संक्रमित हुँदा ३४ हजार २२४ जनाको मृत्यु भएको छ । रुसमा ८ लाख २३ हजार ५१५ संक्रमित हुँदा १३ हजार ५०४ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ४ लाख ५९ हजार ७६१ जना संक्रमित हुँदा ७ हजार २५७ जनाको मृत्यु भएको छ । 

मेक्सिकोमा ४ लाख २ हजार ६९७ जना संक्रमित हुँदा ४४ हजार ८७६ को मृत्यु भएको छ । पेरुमा ३ लाख ९५ हजार ५ जना संक्रमित हुँदा १८ हजार ६१२ जनाको मृत्यु भएको छ । चिलीमा ३ लाख ४९ हजार ८०० संक्रमित हुँदा ९ हजार २४० जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ३ लाख २७ हजार ६९० पुगेको छ भने २८ हजार ४३६ जनाको मृत्यु भएको छ । 

बेलायतमा हालसम्म ४५ हजार ८७८ जनाको मृत्यु भएको छ भने ३ लाख ६९२ जना संक्रमित रहेका छन् । यता, इरानमा २ लाख ९७६ हजार २७३ जना संक्रमित हँदा १६ हजार १४७ जनाको मृत्यु भएको छ । पाकिस्तानमा २ लाख ७५ हजार २२५ संक्रमित हुँदा ५ हजार ८६५ जनाको ज्यान गएको छ । साउदी अरबमा २ लाख ७० हजार ८३१ हजार संक्रमित हुँदा २ हजार ७८९ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ४६ हजार ४८८ पुग्दा ३५ हजार १२३ जनाको मृत्यु भएको छ । रासस

No comments:

Post a Comment