सगरमाथा इन्सुरेन्सले भदौ १३ गते वार्षिक साधारण सभा बोलाएको छ । बिहीबार बसेको सञ्चालक समितिको निर्णयले सो निर्णय गरेको हो । सभा कम्पनीको प्रधान कार्यालय भगवतीमार्ग, नक्साल काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा कम्पनीले निर्जीवन बिमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने वा प्राप्ति गर्ने सम्बन्धी मुख्य प्रस्ताव पेस गर्दैछ । यसपटक लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव सभाको एजेन्डा छैन ।
यसैगरी, कम्पनीले गत आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश भने वितरण नगर्ने भएको छ । कम्पनीको जेठ २२ गते बिहीबार बसेकाे सञ्चालक समितिकाको बैठकले गत आर्थिक वर्षमा मुनाफा रहेको भएतापनि एनएफआरएस (NFRS) मा बाँडफाँडका लागी योग्य रकम ऋणात्मक रहेकोले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
यसर्थ, आर्थिक वर्ष २०७५–७६ को नाफाबाट लगानकर्ताहरु लाभांश लिन बञ्चित हुनेछन् । आर्थिक वर्ष २०७५–७६ को नाफाबाट भने कम्पनीले ८६% बोनस वितरण गरेको थियो । सभामा आर्थिक वर्ष २०७५–७६ वार्षिक प्रतिवेदन पारित गरिनेछ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि छ ।
समुदायस्तरमा नै कोरोना महामारी फैलिन थालेपछि महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा शक्रबार रातिबाट ५ दिनको लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला दैवी प्रकोप समितिले एक सूचना जारी गर्दै गए राति ११ बजेदेखि लागू हुने गरी ५ दिनका लागि जलेश्वरमा निषेधाज्ञा जारी गरेको हो ।
यो पनि, त्यसैगरी, जिल्लाको महोत्तरी गाउँपालिका वडा नं ३ र वडा नं ५ मा पनि ५ दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । एक साताअघि जिल्लाको महोत्तरी गाउँपालिका–३ बस्ने एक ६४ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालद्वारा हस्ताक्षरित सूचनामा जलेश्वरको पूर्वमा भार्गवसर मन्दिर, पश्चिममा रामनन्दन विशेश्वर महेन्द्र क्याम्पस, उत्तरमा रणभीम गण र दक्षिणमा रातोपुल यति चारकिलाको क्षेत्रमा ५ दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको उल्लेख छ । रासस
No comments:
Post a Comment