नेपाल धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर श्रावण १३ गते, मंगलबारबाट कारोबार हुने गरी सूचिकृत भएको अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर प्रि ओपनिङ्ग सेसनमा कारोबार नभएकाले हालसम्म पनि कारोबार हुन सकेको थिएन ।
उक्त कम्पनीको कारोबार आइतबारदेखि सुरु भएको छ । कोरोबार सुरु भएको पहिलो दिनमै अजोडको शेयर मूल्य प्रतिकित्ता बढेर ३२० कित्ता रपैयाँ पुगेको छ । साधारणस शेयर (आइपिओ) मा लगानीकर्ताले आफ्नो लगानी बाहेक प्रतिकित्ता २२० रुपैयाँ कमाएका छन् ।
स्टकका अनुसार (आइतबार) को स्पेशल प्रि ओपनिङ्ग सेसनमा सो कम्पनीको २९१ रुपैयाँमा १३० कित्ता शेयर खरिद बिक्री भएको छ ।
हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज सोमबार (साउन १९ गते) देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरेपछि अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।
यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरूले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको छ । रासस
No comments:
Post a Comment