बैंक अफ काठमान्डूको शेयर लिलाममा - E-BreakingNews

बैंक अफ काठमान्डूको शेयर लिलाममा

Share This
बैंक अफ काठमान्डूको शेयर लिलाममा

बैंक अफ काठमान्डूले हिजो १ गते बाट ३ लाख १६ हजार १५६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला ल्याएको छ । यस लिलामी सेयरमा बैंकको संस्थापक सेयरधनीसहित तथा अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन पाउने छन् । सो लिलामी शेयरमा न्यूनतम १४० रुपैयाँ वा सो भन्दा बढी मूल्य बोलकबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

बिओकेको शेयरमा लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि २०७७ भाद्र ८ गतेसम्म आवेदन दिन सकिनेछ । एनएमबि क्यापिटल नागपोखरी, काठमाडौंमा पुग्ने गरी आवेदन दिनु पर्नेछ । लिलामी सेयरको आवेदन भदौ ९ गते बिहान १० बजे एनएमबि क्यापिटलको कार्यालय नागपोखरीमा खोलिनेछ । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक बस्दै छ । नेकपामा जारी विवादको समाधानका लागि शुक्रबार गठन भएको ६ सदस्य कार्यदललाई अनुमोदन गर्ने छ । यसअघि सचिवालयकै केही सदस्यहरुले कार्यदलको वैधानिकतामाथि प्रश्न उठाएपछि सचिवालय बैठकबाट अनुमोदन गर्न लागिएको हो ।

शुक्रबार नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यदल मार्फत् समस्या समाधान गर्ने भन्दै महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका थिए । पौडेल नेतृत्वको कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल र सुरेन्द्र पाण्डे सदस्य छन् ।

यसै गरि कार्यदललाई नेकपाको हालको विवाद समाधानका लागि सहमतिको प्रस्ताव तयार पार्ने जिम्मा दिइएको छ । कार्यदलले शनिबारदेखि नै काम थालिसकेको छ । रासस

No comments:

Post a Comment