आज १७ गते नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर २-२ रुपैयाँले मूल्य बढाईएको निगमका प्रवक्ता विनितमणी उपाध्ययले जानकारी दिए ।
नयाँ मूल्य निर्धारण पछि डिजेल, मट्टीतेल र पेट्रोलमा प्रतिलिटर मूल्य क्रमश ९० र १ सय ४ रुपैयाँ कायम भएको छ । साथै खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने समायोजन नभएको निगमले जनाएको छ ।
अगष्ट १ मा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलियमको मूल्य बढेर प्राप्त भएकाले स्वचालित मूल्य समायोजन कार्यविधि अनुसार मूल्य बढाइएको निगमले स्पष्टीकरण दिएको छ ।
यो पनि, क्वारेन्टिनमा बसेर घर पुगेका बझाङको केदारस्यूँ गाउँपालिकाका ६६ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ ।
उनीहरु असार अन्तिममा भारतको बेंगलोरबाट आएर क्वारेन्टिनमा बसेका थिए । एकै ठाउँबाट एकैसाथ आएका ६६ जनासहित १२५ जनाको साउन ७ गते स्वाब संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख कैलाश बलायरले जानकारी दिए ।
भारतबाट आएको १४ दिन पुगेपछि ९ गते उनीहरु घर गए । घर गएको एक सातापछि ६६ जनामा संक्रमण पुष्टि भयो । घर गएकामध्ये शुक्रबार २५ जना र शनिबार ४१ जना गरी ६६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख बलायरले बताए । उनले भने ‘घर गएको एक हप्ता पछि उनीहरुको रिपोर्ट पोजेटिभ आयो । रासस
No comments:
Post a Comment