लिवर्टी इनर्जी को आइ.पि.यो खुल्ला, छुट्नु होला है ! - E-BreakingNews

लिवर्टी इनर्जी को आइ.पि.यो खुल्ला, छुट्नु होला है !

Share This
लिवर्टी इनर्जी को  आइ.पि.यो खुल्ला, छुट्नु होला है !

लिवर्टी इनर्जी कम्पनी लिमिटेडले सर्वसाधारणका लागि दोस्रो चरणको शेयर आज भाद्र ३ गते बाट बिक्री खुल्ला भएको छ । 

कम्पनीले जारी पूँजीको २५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका कूल ३५ लाख ६४ हजार ९३० कित्ता शेयर साधारण शेयर बिक्री खुला गरिएको छ । कम्पनीले पहिलो चरणमा स्थानीय लाई साधारण शेयर बिक्रि गरिसकेको छ । यो दोस्रो चरणको आइपिओ निश्कासन हो । आइपिओ स्थानीयवासीलाई जारी गरिसकेको र सर्वसाधारणलाई निश्कासन गरी बाँडफाँड गरेपछि कम्पनीको चुक्ता पूँजी रु १ अर्व ५० करोड हुनेछ । 

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमिति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुका साथै मेरोशेयर अनलाइन मार्फत आवेदन दिन सकिनेछ । यस कम्आपनीको आइपीओले ४ ग्रेड  रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई औसत भन्दाकम आधार जनाउने रेटिङ दिएको हो । यसले लमजुङ जिल्लाको फलेनी र दोदेनी गाउँपालिकामा, २५ मेगावटको अपर दोर्दी ‘ए’ हाइड्रोपावर निर्माण गरिरहेको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम २ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। छिटोमा भदौ ७ गतेसम्म आवेदन दिन पाइनेछ भने सो अवधिसम्म निष्काशित सबै शेयर बिक्री नभएको खण्डमा भने भदौ १७ गतेसम्म खुला हुनेछ । यस कम्पनीको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ 

आज भाद्र ३ गते कृष्ण औंशीका दिन मनाइने कुशे औँशी पर्व वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । 

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान समक्ष पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । 

आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कशु त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचद्र गौतमले बताए । रासस 

No comments:

Post a Comment