आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार नाफासँगै अधिकांश सुचकहरुमा गिरावट आएको छ।
गत आ.व. मसान्तसम्ममा २८ करोड ५१ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.३८% ले कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३२ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा कमी आएसँगै लघुवित्तको खुद नाफा घटेको हो। गत आ.व.को मसान्तसम्ममा लघुवित्तले ७ अर्ब ६ करोड ६९ लाख रुपैयाँ सापटीबाट ८ अर्ब ६ करोड ८३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। लघुवित्तको सापटी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.५ प्रतिशत बढेको हो भने कर्जा लगानी १.८ प्रतिशत घटेको छ । चौथो त्रैमाससम्ममा ४ लाख ८६ हजार रुपैयाँ खराब कर्जा उठाउन सफल भएको यस लघुवित्तको निष्क्रिय कर्जा जिरो प्रतिशत रहेको छ।
८९ करोड ९३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ६९ करोड ९९ लाख रुपैयाँ सञ्चित छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा चुक्ता पूँजीमा कुनै परिर्वतन भएको छैन भने जगेडा कोष २०% ले बढेको छ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २ करोड ५६ लाख रुपैयाँ अर्थात ५.२ प्रतिशत घटेर ४६ करोड २ लाख रुपैयाँमा भएको छ। ब्याज आम्दानीको तुलनामा ब्याज खर्च बढी बढेका कारण खुद ब्याज आम्दानी नबढेको हो। त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा ४ करोड ४० लाख रुपैयाँ अर्थात ६.२ प्रतिशत घटेर ४५ करोड २२ लाख रुपैयाँ भएको छ।
यसै गरी प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ७१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २२.११ गुणा कायम भएको छ। त्यसैगरी, लघुवित्तको प्रतिशेयर नेटवर्थ २८९ रुपैयाँ ३ पैसा र प्रतिशेयर कुलसम्पत्तीको मूल्य एक हजार १११ रुपैयाँ ५ पैसा रहेको छ। लघुवित्तको कोषको लागत ८.९८ प्रतिशतबाट घटेर ७.९५ प्रतिशतमा सीमित भएको छ।
यो पनि, अविरल वर्षाको कारण सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको दोभान र झुम्सामा सडक भासिएपछि बुटवल-पाल्पा सडक खण्डमा सवारी साधन सञ्चालनमा प्रशासनले रोक लगाएको छ ।
तिनाउ गाउँपालिका–३ दोभान प्रहरी चौकी नजिकै सडक भासिएपछि मालबाहक ट्रक, मिनी ट्रक तथा यात्रुबाहक बस सञ्चालनमा रोक लगाइएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिएसपी डिल्लीनारायण पाण्डेयले जानकारी दिए । तीन दिनअघि सामान्य चिरा परेको सडक शनिबार थप भासिएको हो । रासस
No comments:
Post a Comment