नेपालमा आइतबार थप २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नयाँ २४६ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २० हजार ३३२ जना पुगेको छ ।
यता पछिल्लो २४ घण्टामा १ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विभिन्न जिल्लामा उक्त संख्याका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै, कुल १४ हजार ६०३ जना उपचारपछि निको भएर घर फिर्ता भएका छन् । आइतबार मात्रै १११ जना कोरोना संक्रमणबाट निको भएर फर्किएका छन् । हालसम्म कुल पीसीआर परीक्षण संख्या ३ लाख ९१ हजार २७० पुगेको छ भने पछिल्लो २४ घण्टामा ८ हजार ८६१ जनाको पीसीआर परीक्षण गरिएको छ । रासस
No comments:
Post a Comment