आज बाट प्रभु बैंकको ऋणपत्र खुल्यो - E-BreakingNews

आज बाट प्रभु बैंकको ऋणपत्र खुल्यो

Share This
आज बाट प्रभु बैंकको ऋणपत्र खुल्यो

प्रभु बैंकको ऋणपत्र आज श्रावण १९ गते बाट २० लाख कित्ता प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । 

जस मध्ये ८ लाख युनिट सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ । सामूहिक लगानी कोषलाई ५% छुट्याएको छ । सामूहिक लागानी कोषहरुले कुल ४० हजार इकाई पाउनेछन् । बाँकी १२ लाख इकाई भने बैंकहरुले आफ्नै पहलमा कर्पोरेट हाउस तथा अन्य संस्थाहरुलाई बेच्नेछ । यस ऋणपत्रमा वार्षिक १०% ब्याजदर पाइनेछ । 

न्यूनतम २५ इकाईदेखि अधिकतम ३ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । प्रभु बैंक बैंकले ८ वर्ष अवधिको लागि १०% मा ऋणपत्र बिक्री खुला गरेको हो । नबिल इन्भेष्टमेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्नेछ । यो ऋणपत्रलाई केएर नेपालले मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको छ । 

यो ऋणपत्रमा छिटोमा साउन २३ गते सम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा आबेदन नपरेमा भदौ १ गतेसम्म भर्न सकिनेछ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । 

यो पनि, नेपाल सरकारले गत आर्थिक वर्ष २०७६/७७ मा कोरोना रोकथाम तथा नियन्त्रणमा गरेको खर्च विवरण भदौमा सार्वजनिक गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यस्तो जानकारी भएको छ ।

सोही प्रयोजनका लागि कार्यालयले सरोकारवाला सबै निकायबाट विवरण माग गरेको छ । कोरोना संक्रमण, रोकथाम, नियन्त्र तथा उपचारमा भएको खर्चलाई सार्वजनिक समय भदौ महिना लाई तोकेर कार्यालयले संघ, प्रदेश र स्थानीय तहका सबै सार्वजनिक निकायबाट भएको खर्चको विवरण मागेको हो । यो विवरण सबै सार्वजनिक निकायले साउन मसान्तभित्र बुझाउनु पर्ने भएको छ ।

उक्त आवमा भएका क्रियाकलाप र खर्चको विवरण संकलन गर्न लागिएको कार्यालयले जनाएको छ । यता, चालु आर्थिक वर्ष २०७७/७८ मा भएको खर्चको खर्चको विवरण भने चौमासिक रुपमा सार्वजनिक गर्ने तयारी कार्यालयको छ । 

सरकारले कोरोना रोकथाममा गरेको खर्च विवरण सार्वजनिक नगरेको भन्दै जताततै आलोचना भइरहँदा पनि अहिलेसम्म कति खर्च गरे भयो भन्ने तथ्यांक केन्द्रसँग नभएको पुष्टि भएको छ ।

यसअघि कोरोना रोकथाममा १० अर्ब खर्च भएको सार्वजनिक गरेको सरकारले कुन निकायमा कति खर्च भयो भन्ने समेत सार्वजनिक गर्न सकेको छैन । रासस













No comments:

Post a Comment