अब ५० प्रतिशत अनुदानमा कोरोना बीमा - E-BreakingNews

अब ५० प्रतिशत अनुदानमा कोरोना बीमा

Share This
अब ५० प्रतिशत अनुदानमा कोरोना बीमा

अब सर्वसाधारणले बिमा गर्दा सरकारबाट ५० प्रतिशत अनुदान पाउने भएका छन् । साथै, निजामती कर्मचारीहरूको पनि शतप्रतिशत सरकारी अनुदानमा कोरोना बीमा पाउने भएका छन् । सरकारी अनुदानमा संघीय सरकारले चालू आर्थिक वर्षको बजेटमा ५० प्रतिशत अनुदानमा सर्वसाधारणका लागि कोरोना बीमा सञ्चालन गर्ने तथा निजामती कर्मचारीलाई बीमा गर्ने घोषणा गरेको थियो । 

सोही व्यवस्थालाई कार्यान्वयन गर्न बीमा समितिले कार्यविधि बनाएपछि आम सर्वसाधारणले यस्तो सुविधा पाउने भएका छन् । समितिका अनुसार संस्थागत तथा पारिवारिक रूपमा बीमा गर्दा पनि यो सुविधा पाइनेछ ।

सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको कार्यविधि स्वीकृत भइसकेको अर्थका प्रवक्ता उत्तरकुमार खत्रीले बताए । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले यसै हप्तादेखि नै यो कार्यविधि लागू हुने बताए । ‘अर्थ मन्त्रालयबाट कार्यविधि स्वीकृत भए पनि अझै आधिकारिक पत्र भने प्राप्त भएको छैन । आइतवारसम्म आधिकारिक पत्र आएमा हामी यसलाई तत्काल इतवार देखि नै लागू गर्नेछौं ।

समितिका अनुसार यो व्यवस्था लागू भएपछि आम सर्वसाधारणले बीमा गर्दा लाग्ने बीमाशुल्कको ५० प्रतिशत रकम तिरे पुग्नेछ । बाँकी रहेको ५० प्रतिशत भने सरकारले नै अनुदानबापत तिरिदिने व्यवस्था गरिएको छ ।

हाल नेपालमा पनि बिश्व महामारी कोरोना भाइरसको कारण जोखिम बढ्दै गएपछि बीमा समितिले बीमक संघसँगको सहकार्यमा गत वैशाख ४ गते उक्त बीमालेख जारी गरेको थियो । त्यसपछि निर्जीवन बीमा कम्पनीहरूले २०७७ वैशाख ७ गतेदेखि यसको कारोबार शुरू गरेका थिए ।

संघका अनुसार हालसम्म ६ लाखभन्दा बढी मानिसले यस्तो बीमा गरेका छन् । त्यसबापत ३४ करोड रुपैयाँ बीमाशुल्क संकलन भएको छ भने ५५ ओटा दाबी भएको छ ।

पुलमार्फत कोरोना बीमाको कारोबार गरिएकाले यसबाट हुने व्यवसाय सबै निर्जीवन बीमा कम्पनीलाई बराबर बाँडफाँट गरिनेछ । संघका अनुसार पुनर्बीमामार्फत नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत व्यवसाय पाउनेछ । बाँकी रहेको ८० प्रतिशत जोखिम अर्थात् व्यवसाय भने २० निर्जीवन बीमा कम्पनीलाई बराबर बाँडिने बताइएको छ ।

बीमालेखअनुसार आम मानिसले रू. १ लाख र रू. ५० हजारको बीमांकमा यस्तो बीमा गर्न सक्छन् । रू.१ लाख बीमांक बीमा गर्दा प्रतिव्यक्ति रू. १ हजार र रू. ५० हजारको बीमांक बीमा गर्दा प्रतिव्यक्ति रू. ५०० बीमा शुल्क लाग्नेछ । परिवारका सदस्य र संस्थाका कर्मचारीको संयुक्त रूपमा बीमा गर्दा प्रतिव्यक्ति ४० प्रतिशत छूट दिइने व्यवस्था पनि गरिएको छ । साथै, उनीहरूको बाँकी रहेको ६० प्रतिशत बीमाशुल्कमा पनि तोकिएको मात्रामा अनुदान दिइने समितिको भनाइ छ ।

बीमालेखअनुसार बीमित व्यक्ति कोरोना भाइरस संक्रमित भएको पुष्टि हुनासाथ बीमांक बराबरको रकम भुक्तानी गरिनेछ । 

यो पनि, एनआरएन इन्फ्रस्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको आइपीओमा लगानीकर्ता झुम्मिएका छन् । आई.पी.ओ. खुलेको पहिलो दिनमै आकर्षक आवेदन परेको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार यस आइपीओमा पहिलो दिन दिउँसो ४:३० बजेसम्ममा २३ लाख ८१ हजार ३८० कित्ताका लागि आवेदन परेको छ । यसमा ५० हजार १७३ जनाले आवेदन दिएका छन् । यस आधारमा पहिलो दिनमै २३ करोड ८१ लाख रुपैयाँभन्दा बढीको आवेदन परेको देखिन्छ । रासस

No comments:

Post a Comment