एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले निष्कासन गरेको साधारण शेयर (आइपिओ) ३.५० गुणाबढी आवेदन परेको छ । निष्कासन तथा बिक्री प्रबन्धक सानीमा क्यापिटलको अनुसार अनुसार मंगलबार विहान १० बजेसम्म ३ लाख १ हजार ४ सय जना आवेदकले १ करोड १० लाख ७० हजार ५६० कित्ताको लागि आवेदन परेको छ ।यो भनेको माग भन्दा ३.५० गुण बढी आवेद हो ।
सोमबार साँझ ५ बजेसम्ममा २ लाख ७४ हजार ५४१ जनाले १ करोड ३ लाख ४८ हजार ६५० कित्ताका लागि आवेदन दिएका छन् । १ अर्ब ३ करोड ४८ लाख ६५ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको ३१ लाख ६० हजार १८३ कित्तालाई आधार मान्दा ३.२७ गुणा बढी आवेदन हो ।
आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि र अधिकतम ३१ लाख ४० हजार १८० कित्ता कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा साउन २१ गतेसम्म र ढिलोमा भदौ ३ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सानिमा क्यापिटल पुतलीसडक, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड चावहिल प्लाजा, र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका
सम्पूर्ण सिआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीले गत शुक्रबारदेखि प्रति कित्ता एक सय रुपैयाँ अंकित दरले ३३ लाख ५८ हजार ४६ कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ६५ हजार ५०२ कित्ता शेयर सामूहिक लगानी कोषको लागि, २ प्रतिशत अर्थात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीको लागि र बाँकी रहेको ३१ लाख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो ।
एनआरएन इन्फ्रास्टक्चर डेभलपमेण्ट लिमिटेडको हालै जारि भएको गरेको प्राथमिक शेयरमा लगानिकर्ताहरु झुमिएका छन । कम्पनलीले सर्ब साधारण लगानिकर्ताहरुको लागि ३१ लाख ६० हजार १ सय ८३ कित्ता शेयर जारि गरेको थियो । यसमा लगानिकर्ताहरु झुमिएको देखिन्छ । निश्काशन भएको पहिलो दिनमा नै सबैजसो शेयर बिक्री भएको थियो । के त हाइड्रो पावर कम्पनीहरुमा लगानिकर्ताहरुको आकर्षण बढेकै हो त ? कि नामले लगानीकर्ताहरुमा भ्रम भएको छ ।
गत आर्थिक बर्षमा थुप्रै हाइडो पावर कम्पनीहरुको प्राथमिक शेयरहरु जारि भएका थिए । अधिकाश कम्पनीहरुको प्राथमिक शेयरहरु सबै बिक्री नै भएन । सर्ब साधारण लगानीकर्ताहरु आकर्षित नै भएन । तर, हाइड्रो पावर को आयोजनाहरुमा लगानी गर्ने एनआरएन इन्फ्रास्टक्चर डेभलपमेण्ट लिमिटेडको प्राथमिक शेयर भने पहिलो दिनमा नै सबै जसो शेयर बिक्री भएको थियो । कतै यसमा राजनिति त घुसेको छैन कतै चलखेल त भएको छैन भनेर पनि चर्चा भएका छन् । त्यसोत शेएर बजारमा चलखेल हुन भनेको सामान्य हो भनेर पनि कतिपय जानकारहरुले बताउँछन ।
विद्युतीय बस खरीद अरु बसभन्दा तुलनात्मकरूपमा महङ्गो भए पनि यसको सञ्चालन खर्च कम हुने पाइएको छ । सुन्दर यातायातले हाल चक्रपथमा सञ्चालन गरिरहेका बसमा पेट्रोलियम पदार्थमा हुने खर्चभन्दा विद्युत् खपतवापत लाग्ने शुल्क पाँच गुणा कम हुने बताएका छन् ।
डिजेल बाट चल्ने इन्जन औसतमा छ पटक चक्रपथ घुम्दा दैनिक रू. चार हजारसम्मको इन्धनमा खर्च हुन्छ भने विद्युतीय सवारीसाधन लाइ चार्ज गर्दा महसुलवापत दैनिक झण्डै रू. ७५० खर्च हुने प्रालिका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।
जनशक्तिका लागि भने लाग्ने खर्च दुवैमा बराबर नै रहेको उनको भनाइ छ । खरीद मूल्य बढी भए पनि सञ्चालन खर्च कम रहेकाले प्रालिले अहिले यात्रुबाट लिने भाडामा पनि सहुलियत दिइरहेको छ । रासस

No comments:
Post a Comment