एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले साधारण शेयर आइपिओ मा आइतबार सम्म लगानीकर्ताको ओइरो लागेको छ । आइतबार बेलुका ५:०० बजेसम्ममा मागभन्दा २.३८ गुणा बढी आवेदन परेको छ ।
आइतबार बेलुका ५:०० बजेसम्ममा १ लाख ९० हजार ७५ जना आवेदकले ७५ लाख ३२ हजार ४ सय ८० कित्ताको लागि आवेदन दिएका निष्कासन तथा बिक्री प्रबन्धक सानीमा क्यापिटलले जानकारी दिएको छ ।
कम्पनीले गत शुक्रबारदेखि प्रति कित्ता एक सय रुपैयाँ अंकित दरले ३३ लाख ५८ हजार ४६ कित्ता आईपीओ निष्कासन गरेको हो । कम्पनीले निष्कासन गरेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।
यो पनि, (कोभिड-१९) कोरोना संक्रमण फैलन थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रवारदेखि २ हप्ताका लागि विराटनगरमा निषेधाज्ञा जारी गरेकाले उद्योग र बजारमा त्यसको प्रत्यक्ष असर परेको छ । महानगरका उद्योगहरू केही बन्द छन् भने केही सञ्चालनमा छन् ।
बजारमा माग घटेपछि सुनसरी मोरङ औद्योगिक उत्पादन क्षमता ६० प्रतिशतमा झरेका छन् । ४ महीना लामो बन्द अन्त्य भएपछिको बजार र उद्योग खुले पनि वस्तुको माग र खपत भने सामान्य अवस्थामा भन्दा कम छ । उत्पादन विक्री नभएपछि उत्पादनमा ४० प्रतिशत कटौती गर्नुपरेको उद्योगी व्यवसायीहरूले बताएका छन् ।
उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले का अनुसार ४ महीनाको लामो लकडाउनपछि बजार खुले पनि उपभोग्य सामग्रीको विक्री पहिलेको जस्तो नभएको बताए । उपभोक्तासँग किन्न सक्ने क्षमतामा कमी आएकाले पहिलेको तुलनामा लकडाउन खुले पनि सन्तोषजनक व्यापार हुन नसकेको थापाले बताए । अहिले निषेधाज्ञा भएकाले विराटनगरका व्यापारी व्यवसायी थप समस्यामा परेको उनको भनाइ छ । उनले भने, ‘सरकारले प्रभावकारी कदम चाल्न आवश्यक छ, जसलाई आम सर्वसाधारणले पालना गरून् ।’ रासस
No comments:
Post a Comment