अजोड इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट - E-BreakingNews

अजोड इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट

Share This
अजोड इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट

अजोड इन्स्योरेन्स कम्पनि लिमिटेड को कारोबार शुरु भएको पहिलो दिन बाट नी सकारात्मक सर्किट लागि उकालो लागिरहेको र आज २२ गते पनि सकारात्मक सर्किट लागेको हो।

गत साउन १८ गते देखि दोस्रो बजारमा कारोबार शुरुवात भएको अजोड इन्स्योरेन्स को शेयरमूल्यमा निरन्तर चौथो दिन पनि सकारात्मक सर्किट लागेको छ।

पहिलो कारोबारका लागि ९७ रुपैयाँदेखि २९१ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज पाएकोमा पहिलो कारोबार २९१ रुपैयाँमा भएको थियो। त्यस पछि उकालो लागेको अहिले प्रतिकित्ता ४२५ रुपैयाँमा कारोबार भइरहेको छ। यस कम्पनीको मार्केट डेप्थ हेर्दा खरिदकर्ताको चाप देखिन्छ भने बिक्रीकर्ता शून्य छन् ।

यो पनि, प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत प्रहरीमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । महाराजगञ्जमा रहेको नेपाल प्रहरी अस्पतालमा गरिएको पिसीआर परीक्षणमा संक्रमित पुष्टि भएको हो । प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार संक्रमित प्रहरीहरु लाई अस्पताल लैजाने तयारी भइरहेको छ ।

साथै, प्रहरी हेक्वार्टरमा संक्रमितको संख्या ८५ पुगेको छ भने देश भर नेपाल प्रहरीका जम्मा ३१९ जना संक्रमित छन् । तीमध्ये ११९ जना निको भएर फर्किसकेका छन् । रासस

No comments:

Post a Comment