सुनको उच्च मूल्यले नया रेकर्ड कायम - E-BreakingNews

सुनको उच्च मूल्यले नया रेकर्ड कायम

Share This
  सुनको उच्च मूल्यले नया रेकर्ड कायम

पछिल्लो समय सुनको भाउले दिनहु रेकर्ड ब्रेक गर्ने क्रम आज बिहीबार पनि जारी छ । बिहीवार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला रू.१ हजार १०० ले बढेर किर्तिमानी उचाई कायम गरेको हो । त्यसैगरी चाँदीको मूल्य पनि रू.५० ले बढेर प्रतितोला रू.१ हजार ३४५ मा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रू.१ लाख २ हजार ५०० मा कारोबार भइरहेको छ । त्यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला रू.१ लाख २ हजारमा कारोबार भइरहेको छ ।

बुधबार तोलाको १६०० रुपैयाँले वृद्धि भइ प्रति तोला एक लाख एक हजार ४ सय रूपैयाँमा कारोबार भैरहेको र आज (बिहीबार) पनि तोलामा ११ सय रुपैयाँले बढेर प्रति तोला १ लाख २ हजार ५ सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । उक्त सुनको मूल्य अहिलेसम्मकै उच्च मूल्य हो ।

अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य बढ्दै गएले नेपालमा पनि केहि साता देखि निरन्तर रुपमा वृद्धि भइरहेको छ ।

यो पनि, काठमाडौं उपत्यकामा आजबाट सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर प्रणाली लागु भएको छ । आज साउन २२ गते जोर गते रहेकाले जोर नम्बर र गतेको अन्तिमको अंकको आधारमा जोर–बिजोर छुट्याइन्छ ।

निर्णय कार्यान्वयन गराउन आज बिहानैदेखि काठमाडौंका सडकमा ट्राफिक प्रहरीहरु परिचालित छन् । ट्राफिक प्रहरीहरुले बिजोर नम्बरका सवारी साधन चलाउनेहरुलाई बिहानभर सम्झाएर पठाएका छन् । ’२१ गते सांझा निर्णय भएकाले कतिलाई थाहा नहुन सक्छ भनेर बिहान भरि सम्झाइबुझाइ गर्ने गरेका हौं,’ ट्राफिक प्रहरीका एक जना अधिकारीले भने । दिउँसो बाट भने कडाइ गर्ने उनले बताए ।

कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि सरकारले फेरि जोरबिजोरको आधारमा सवारी साधन सन्चालन गर्ने निर्णय गरेको हो । आज बिजोर नम्बरका गाडी नचलाउन रोक लगाउदा पनि काठमाडौं उपत्यकाको सडकमा सवारी साधनको चाप उस्तै देखिएको छ । रासस

No comments:

Post a Comment