आज थोरै भए पनि नेप्से सकारात्मक - E-BreakingNews

आज थोरै भए पनि नेप्से सकारात्मक

Share This
थोरै भए पनि नेप्से सकारात्मक

आइतबार घटेको नेप्से सोमबार भने थोरै भए पनि सेयर बजार सकारात्मक देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक ७.५९ अंकले बढेर १४०३.८६ मा पुगेको छ । नेप्से ०.५४ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक १.४७ अंकले बढेर २९४.२४ मा पुगेको छ ।

कूल १९० वटा कम्पनीको ५३ लाख ४२ हजार ८ सय ५१ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब २९ करोड २ लाख ५२ हजार २ सय १३ रुपैयाँको कारोबार भएको छ ।

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज ९ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ३ वटा उपसमुहको शेयर घटेको छ ।

नेप्से सूचक हरियो बन्दा कारोबार रकममा औसतमा राम्रो देखिएको छ । पछिल्ला दिनहरुमा फेरि सेयर भाउ सस्तो भएका छन् । सस्तो भाउमा लगानीकर्ताहरु विस्तारै आकर्षित हुँदै जाने अनुमान गरिएको छ ।

यो पनि, जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा एक व्यक्तिको मृत्यु भएको छ । व्यास गाउँपालिका - ५ का २८ वर्षीय युवकको सोमबार बिहान मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।

आइतबार, श्वास फेर्न गाह्रो भएको र ज्वरो आएपछि उनी अस्पतालमा भर्ना भएका थिए । कोरोनासँग लक्षण मिल्दोजुल्दो भएकोले स्वाब संकलन गरेर डडेल्धुरा प्रयोगशालामा पठाइएको प्रजिअ पोखरेलले जानकारी दिए । पोखरेलले भने 'रिपोर्ट आएपछि मात्रै शवको व्यवस्थापन गर्छौ । रासस

No comments:

Post a Comment