आज एनआरएन इन्फ्रास्टक्चरको आइपिओ भर्ने अन्तिम दिन - E-BreakingNews

आज एनआरएन इन्फ्रास्टक्चरको आइपिओ भर्ने अन्तिम दिन

Share This
आज एनआरएन इन्फ्रास्टक्चरको आइपिओ भर्ने अन्तिम दिन

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आइ.पी.ओ. भर्ने आज अन्तिम दिन रहेको छ । यस कम्पनीले साउन १६ गते शुक्रबारदेखि प्रतिकित्ता अंकित मूल्य रु. १०० रुपैयाँका दरले ३३ लाख ५८ हजार ४६ कित्ता साधारण शेयर आइपीओ निष्कासन गरेको थियो ।

जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ६५ हजार ५०२ कित्ता शेयर सामूहिक लगानी कोषको लागि, २ प्रतिशत अर्थात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीको लागि र बाँकी रहेको ३१ लाख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो । 

यो पनि, कपिलवस्तुमा स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् । मायादेवी गाउँपालिका वडा नं. १ पकडीका ३६ वर्षीय विनोद सोनार नगद १६ लाख रुपैयाँसहित पक्राउ परेका हुन् ।

भारतबाट नेपाल आउदै गरेका उनलाई बिशेष सूचनाका आधारमा मायादेवी गाउंपालिका वडा नं. ४ ठकुरापुर गोब्ली बगैंचाबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सन्तोष देवकोटाले बताए । रासस






No comments:

Post a Comment