प्रुडेन्सियल ५४ हजार ६३१ कित्ता सेयर लिलामी हात पर्ने आज अन्तिम मौका - E-BreakingNews

प्रुडेन्सियल ५४ हजार ६३१ कित्ता सेयर लिलामी हात पर्ने आज अन्तिम मौका

Share This
प्रुडेन्सियल ५४ हजार ६३१ कित्ता सेयर लिलामी हात पर्ने आज अन्तिम मौका

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम मौका रहेको छ । सोमबार कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले साउन १२ गतेबाट सर्वसाधारण समूहको ५४ हजार ६३१ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । 

उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी रकम अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ । 

कम्पनीले गत फागुन १८ गतेदेखि असार १९ गतेसम्म १० बराबर ६ (१०:६) को अनुपातमा १०० रूपैयाँ अंकित दरका ३८ लाख ४९ हजार १ सय २० कित्ता हकप्रद शेयर निष्कासन तथा बिक्री खुल्ला गरेकोमा आवेदन नपरेको ५४ हजार ६ सय ३१ कित्ता शेयर लिलामी मार्फत बिक्री खुल्ला गरेको हो ।

त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर यतिबेला लिलामीमा ल्याएको हो । बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी, काठमाडौं तथा एनएमबि बैंकको झापा, जनकपुर, चितवन, बाग्लुङ, दाङ, सुर्खेत, मेहन्द्रनगर, विराटनगर, वीरगञ्ज र हेटौडा शाखाबाट आवेदन दिन सकिनेछ ।

हाल यस कम्पनीको चुक्ता पुँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँ रहेको छ । हकप्रद र बाँकी रहेको सेयर लिलामीमा बिक्रीपछि पुँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँ पुग्नेछ । 

यो पनि, दिव्यश्वरी हाइड्रोपावरले बल्ल गत आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा दिव्यश्वरी हाइड्रोपावर ३ करोड १६ लाख ६० हजार रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्ष यसैअवधिमा कम्पनी २ करोड ६ लाख २५ हजार रुपैयाँ नोक्सानमा थियो । 

कम्पनीको विद्युत् विक्रीबाट हुने आम्दानी घटेसँगै नोक्सानी पनि बढेको हो । चैत मसान्तसम्ममा विद्युत् बिक्रीबाट हुने आम्दानी १५.४९% ले घटेर ५ करोड ७५ लाख ९ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष यस कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ६ करोड ८० लाख ५१ हजार रुपैयाँ थियो । 

गत वर्ष वर्षा याममा आएको बाढी पहिरोले आयोजनामा क्षति भएको थियो । यसको मर्मत सभांर कार्य सकिएकाले आगामी वर्ष यामदेखि पूर्ण क्षमतामा उत्पादन हुन सक्ने कम्पनीले बताएको छ । त्यसपछि नाफा सुधार हुने अपेक्षा गरिएको छ । रासस

No comments:

Post a Comment