आज बाट एनएलजी इन्स्योरेन्सको लिलामी शेयर खुल्यो ! - E-BreakingNews

आज बाट एनएलजी इन्स्योरेन्सको लिलामी शेयर खुल्यो !

Share This
आज बाट एनएलजी इन्स्योरेन्सको लिलामी शेयर खुल्यो !

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर लिलामी मार्फत आज २२ गते बिहीबार बाट बिक्री गर्न लागेको छ । कम्पनीले सर्वसाधारण समूह तर्फ बाट ७९ हजार ८ सय ५३ दशमलव २५ कित्ता र संस्थापक समूह तर्फ बाट ८१ हजार २ सय २४ दशमलव ७५ कित्ता गरी कूल १ लाख ६१ हजार ७८ कित्ता हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको हो ।

कम्पनीले गत बर्ष २०७६ फागुन २२ गतेबाट असार २५ गते बिहीबारसम्म (१०:६) को अनुपातमा ३८ लाख ४२ हजार ४ सय ३७ कित्ता हकप्रद शेयर खुल्ला गरेको थियो । उक्त समय अबधि भित्र आवेदन दिने शेयरधनीहरूमा कम्पनीको हकप्रद निष्कासनको व्यवस्था गरिए अनुसार ३६ लाख ८१ हजार ३ सय ५९ कित्ता शेयरहरू बाँडफाँड गरिएको थियो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर यतिबेला लिलामीमा ल्याएको हो । 

यसमा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट नयाँ बानेश्वर काठमाडौं र एनएलजी इन्सुरेन्सको केन्द्रीय कार्यालय लाजीम्पाट काठमाडौंबाट पनि ओदन दिन सकिनेछ । 

उक्त हकप्रद शेयर खरीद गर्न इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरूले आज श्रावण २२ गते बिहीबारदेखि साउन २९ गते बिहीबारसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी रकम अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ ।

यो पनि, आज २२ गते बिहीबार बाट काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली लागू भएको छ । बिहीबारदेखि अत्यावश्यक बाहेक सम्पूर्ण सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएको गृहमन्त्रालयले जनाएको छ । यसै गरुई संक्रमितको संख्या २०० भन्दा बढी रहेका जिल्लामा पनि जोर, बिजोर प्रणालीबाट सवारीसाधन सञ्चालन हुने छन् । 

कोभिड १९ नियन्त्रणका लागि भन्दै सरकारले यस्तो व्यवस्था गरेको हो । जोर गतेका दिन जोर नम्वरका सवारीसाधन तथा बिजोर गतेका दिन बिजोर नम्वर प्लेटका सवारीसाधन सञ्चालन हुनेछन् । त्यस्तै बिना मास्क हिँड्नेलाई जरिवाना गर्न सबै जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई गृहले कडा निर्देशन दिएको छ । रासस

No comments:

Post a Comment