नेपाल आयल निगमले आइतबार राती १२ बजे देखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा १,१ रुपैंयाको दरले बढाइएको जनाएको छ ।
निगमका अनुसार हिजो अगस्ट १६ मा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीमा भाउ बढेर आएको मूल्य प्राप्त भएपछि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइएको हो ।
मूल्य बृद्धि पश्चात डिजेल र मेटितेलको प्रतिलिटर मूल्य ९१ र पेट्रोलको १०५ रुपैयाँ पुगेको छ । त्यस्तै हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने स्थिर रहेको निगमले जनाएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको जनाएको छ । महाशाखाले गण्डकी प्रदेश, प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा र प्रदेश १ तथा वाग्मती प्रदेशको एक दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको जनाएको हो ।
मौसमविद्का अनुसार अरु ठाउँमा भने सामान्यतया बदली रही केही ठाउँहरुमा मेघगर्जनसहित हल्का तथा मध्यम वर्षा हुने सम्भावन रहेको जनाएको छ ।
ठूलो पानी पर्नसक्ने सम्भावना देखिएको ठाउँका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने र पानीको निकास नभएका कारण डुबानसमेत हुन सक्ने भएकाले सतर्कता अपनाइ सुरक्षित हुन आग्रह गरेको छ । रासस
No comments:
Post a Comment